‘तिमी जब प्रार्थना गर्दछौ, आÇनो भित्री कोठामा पस ।’ —मत्ती ६:६
येशूले भन्नुभयो, ‘तर तिमी जब प्रार्थना गर्दछौ, आÇनो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ’ (पद ६) । ख्रीष्टियन जीवनलाई पुरानो करारको पवित्र वासस्थानको पालसँग तुलना गर्न सकिन्छ, जुन तीन वटा भागमा विभाजित थियो । त्यहाँ बाहिरी चोक थियो जहाँ सबैको पहुँच थियो । अनि तपाईंको पनि बाहिरी चोक छ । तपाईं काम गर्न, किनमेल गर्न र खेल्न जाने ठाउँ । यसले तपाईंको बाहिरी रूप वा सार्वजनिक व्यक्तित्वलाई जनाउँछ, तपाईंको सबैले देख्ने पक्ष । पालमा पवित्र स्थान भनिने भित्री कोठा पनि थियो, जहाँ अधिकांश मानिसहरूलाई जान अनुमति थिएन । तपाईंसँग पनि एक पवित्र स्थान छ जहाँ नजिकका साथीहरू वा परिवार जस्ता निश्चित व्यक्तिहरू मात्रै प्रवेश गर्न सक्छन् । को भित्र आउन पाउँछ र को आउँदैन भनी तपाईंले निर्णय गर्नुहुन्छ, अनि कसैले पनि आÇनो बलजप्mती गर्न सक्दैन । कतिपय व्यक्तिहरूसँग व्यावसायिक वा आर्थिक रूपमा तपाईंमाथि अधिकार हुन सक्छ तर त्यसले तिनीहरूलाई स्वतः प्रवेश गर्न अनुमति दिँदैन । त्यो भित्री कोठाको सन्दर्भमा, को आउँछ र जान्छ भन्ने कुरा तपाईंले निर्णय गर्नुहुनेछ । पुरानो करारको पवित्र बासस्थानको तेस्रो भाग महापवित्रस्थान थियो, एउटा धेरै सानो, सावधानीपूर्वक रखवारी गरिएको ठाउँ, धेरै भित्र । मुख्य पुजारीले मात्रै त्यहाँ प्रवेश पाउँथे, अनि त्यहाँ एक जना मानिस र परमेश्वरको लागि मात्रै ठाउँ थियो । तपाईंभित्र पनि त्यस्तै ठाउँ छ । हामी कहिलेकहीँ यसलाई ‘गोप्य ठाउँ’ भन्छौँ किनभने त्यहाँ प्रवेश गर्न परमेश्वरलाई मात्रै अनुमति छ । अनि यहाँ तपाईंले जान्नु पर्ने आवश्यक एउटा सत्यता छः तपाईंको शान्ति, आनन्द, सन्तुष्टि, मार्गदर्शन र विजयको स्तर आÇनो गोप्य स्थानमा तपाईंले परमेश्वरसँग बिताउनुभएको समयको मात्राद्वारा निर्धारित हुन्छ । यसकारण आÇनो गोप्य स्थानलाई प्राथमिकता दिनुहोस्, यसलाई सुरक्षित राख्नुहोस्, अनि प्रत्येक दिन त्यहाँ समय बिताउनुहोस् ।
आत्मिक भोजनः यर्मिया ४–६ मत्ती २७:११–१९ भजन ५५:१२–२३ हितोपदेश ८:१९–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024