तपाईंको गोप्य ठाउँ

Mar 27, 2024

‘तिमी जब प्रार्थना गर्दछौ, आÇनो भित्री कोठामा पस ।’ —मत्ती ६:६

येशूले भन्नुभयो, ‘तर तिमी जब प्रार्थना गर्दछौ, आÇनो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ’ (पद ६) । ख्रीष्टियन जीवनलाई पुरानो करारको पवित्र वासस्थानको पालसँग तुलना गर्न सकिन्छ, जुन तीन वटा भागमा विभाजित थियो । त्यहाँ बाहिरी चोक थियो जहाँ सबैको पहुँच थियो । अनि तपाईंको पनि बाहिरी चोक छ । तपाईं काम गर्न, किनमेल गर्न र खेल्न जाने ठाउँ । यसले तपाईंको बाहिरी रूप वा सार्वजनिक व्यक्तित्वलाई जनाउँछ, तपाईंको सबैले देख्ने पक्ष । पालमा पवित्र स्थान भनिने भित्री कोठा पनि थियो, जहाँ अधिकांश मानिसहरूलाई जान अनुमति थिएन । तपाईंसँग पनि एक पवित्र स्थान छ जहाँ नजिकका साथीहरू वा परिवार जस्ता निश्चित व्यक्तिहरू मात्रै प्रवेश गर्न सक्छन् । को भित्र आउन पाउँछ र को आउँदैन भनी तपाईंले निर्णय गर्नुहुन्छ, अनि कसैले पनि आÇनो बलजप्mती गर्न सक्दैन । कतिपय व्यक्तिहरूसँग व्यावसायिक वा आर्थिक रूपमा तपाईंमाथि अधिकार हुन सक्छ तर त्यसले तिनीहरूलाई स्वतः प्रवेश गर्न अनुमति दिँदैन । त्यो भित्री कोठाको सन्दर्भमा, को आउँछ र जान्छ भन्ने कुरा तपाईंले निर्णय गर्नुहुनेछ । पुरानो करारको पवित्र बासस्थानको तेस्रो भाग महापवित्रस्थान थियो, एउटा धेरै सानो, सावधानीपूर्वक रखवारी गरिएको ठाउँ, धेरै भित्र । मुख्य पुजारीले मात्रै त्यहाँ प्रवेश पाउँथे, अनि त्यहाँ एक जना मानिस र परमेश्वरको लागि मात्रै ठाउँ थियो । तपाईंभित्र पनि त्यस्तै ठाउँ छ । हामी कहिलेकहीँ यसलाई ‘गोप्य ठाउँ’ भन्छौँ किनभने त्यहाँ प्रवेश गर्न परमेश्वरलाई मात्रै अनुमति छ । अनि यहाँ तपाईंले जान्नु पर्ने आवश्यक एउटा सत्यता छः तपाईंको शान्ति, आनन्द, सन्तुष्टि, मार्गदर्शन र विजयको स्तर आÇनो गोप्य स्थानमा तपाईंले परमेश्वरसँग बिताउनुभएको समयको मात्राद्वारा निर्धारित हुन्छ । यसकारण आÇनो गोप्य स्थानलाई प्राथमिकता दिनुहोस्, यसलाई सुरक्षित राख्नुहोस्, अनि प्रत्येक दिन त्यहाँ समय बिताउनुहोस् ।

आत्मिक भोजनः यर्मिया ४–६ मत्ती २७:११–१९ भजन ५५:१२–२३ हितोपदेश ८:१९–२१

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...