‘हे परमेश्वर, तपाईंले हामीलाई जाँच्नुभयो ।’ —भजन ६६:१०
के तपाईंले सही काम गर्ने प्रयास गर्नुभएको छ तर काम कुराहरू गलत भएका छन् ? जब योसेफले पोतिफरकी पत्नीको अनैतिक प्रस्ताव इन्कार गरेर परमेश्वरको आदर गरे, उनी कैदमा परे । त्यहाँ हुँदा उनले एक सँगीकैदीलाई भने, ‘मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ’ (उत्पत्ति ४०:१५) । यदि तपाईं आज यस्तै महसुस गर्नुहुन्छ भने, परमेश्वरले तपाईंलाई बेवास्ता गर्नुभएको छैन । तपाईंको जीवनको लागि उहाँको योजना बदलिएको छैन । ‘आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको भयंकर रीस मर्ने छैन ’ (यर्मिया ३०:२४) । तपाईं अन्योलमा हुन सक्नुहुन्छ तर परमेश्वर हुनुहुन्न । उहाँले यस मौसमको प्रत्येक क्षण र यस अनुभवको प्रत्येक तत्वलाई तपाईंलाई तयार पार्न प्रयोग गर्दै हुनुहुन्छ । ‘तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दुःख दिए, र तिनको गलामा फलामको जन्जीर लगाइदिए, जबसम्म तिनको वचन पूरा भएन तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन’ (भजन १०५:१८–१९) । के तपाईंलाई याद छ तपाईंलाई विद्यालयमा लिइएको परीक्षा कस्तो महसुस हुन्थ्यो ? त्यो समय ती सतावट जस्ता लाग्थे तर पछाडि फर्केर हेर्दा ती तयारी थिए भन्ने बुभ्mनुहुन्छ । तिनीहरूले तपाईंले जे सिक्नुभएको थियो त्यही प्रकट गरे । तिनीहरूले तपाईंलाई अझै माथिल्लो कक्षामा जान योग्य बनाए । तिनीहरूले तपाईंलाई वास्तविक संसारमा जिउनको लागि सुसज्जित गरे । भजनरचयिताले यस्तो लेखेः ‘हे परमेश्वर, तपाईंले हामीलाई जाँच्नुभयो । तपाईंले हामीलाई चाँदी जस्तै परिष्कृत गर्नुभयो । तपाईंले हामीलाई झ्यालखानामा ल्याउनुभयो र हाम्रो पीठमा बोझ राख्नुभयो । तपाईंले मानिसहरूलाई हाम्रो टाउकोमाथि चढ्न दिनुभयो । हामी आगो र पानी भएर गयौँ, तर तपाईंले हामीलाई प्रशस्त ठाउँमा ल्याउनुभयो’ (भजन ६६:१०–१२ ) । तपाईंलाई जाँच्न परमेश्वरले मानिसहरू, पीडा र समस्याहरू प्रयोग गर्नुहुनेछ । किन ? ताकि उहाँले तपाईंलाई ‘प्रशस्तताको ठाउँमा’ ल्याउन सक्नुभएको होस् ।
आत्मिक भोजनः २ कोरिन्थी ५–८ लूका २:१–७ भजन १४४:१–८ हितोपदेश १६:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



