प्रभुको इच्छा के छ, सो बुझ ।’ —एफिसी ५:१७
तपाईंको जीवनको लागि परमेश्वरको योजना पूरा गर्न, तपाईंले यी काम गर्नु आवश्यक छः १) आफ्नो दिनको योजना बनाउनुहोस् । आफ्नो समयको योजना बनाउनुहोस् र आफ्नो योजनामा लागिरहनुहोस् । तीनमध्ये एक जनाले मात्रै त्यसो गर्छन् । एक नेतृत्व विशेषज्ञ भन्छन्, ‘यो दुर्लभ छ कि बिहान उठेर म त्यो दिन के गर्नेछु भनी मैले सोचुँ ।’ त्यसैकारण त उनी अगुवा र विशेषज्ञ हुन् ¤ २) पहिला थोकलाई पहिले राख्नुहोस् । गेटे नामक चिन्तकले भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुराहरू कहिल्यै पनि कम्तीमा महत्वपूर्ण हुने कुराहरूको नियन्त्रणमा हुनुहुँदैन ।’ हामीमध्ये अधिकांशले हाम्रा महत्वपूर्ण कार्यहरू मध्ये दिनसम्म गरेका हुँदैनौँ । हामी कम प्राथमिकताका कार्यहरू पहिले पूरा गर्छौं ताकि हामीसँग केही काम पूरा गरियो भन्ने उपलब्धिको भावना होस् । त्यो मूर्खता हो । अनि यदि तपाईंले आफ्नो दिनको योजना बनाउनुहुन्छ तर अनुसरण गर्नुहुन्न भने, तपाईंका नतिजाहरू कुनै पनि योजना नबनाउनेहरू जस्तै हुनेछन् । अमेरिकी राष्ट्रपति ड्वाइट आइजेनआवरले टिप्पणी गरेझैँ, ‘पहिला कुराहरूलाई पहिले सम्बोधन गर्दा…अक्सर सबैभन्दा जटिल मानवीय समस्यालाई व्यवस्थापन गर्न सकिने अनुपातमा घटाउँछ ।’ ३) केन्द्रित तर लचिलो हुनुहोस् । अप्रत्याशित कुराको अपेक्षा गर्नुहोस् र अनुकूलन गर्न सिक्नुहोस् ।परिस्थितिहरू निरन्तर परिवर्तन हुन्छन्, त्यसैले तपाईंका कामहरू गर्ने तरिकाहरू पनि परिवर्तन हुनुपर्छ । ४) प्रत्यायोजन गर्न सिक्नुहोस् । अधिकांश मानिसहरू दुई वर्गमा पर्छन्ः समाती राख्नेहरू र परित्याग गर्नेहरू । समाती राख्नेहरूले आफूलाई महत्वपूर्ण ठान्ने कुनै पनि कुरालाई छोड्न इन्कार गर्छन्, चाहे तिनीहरू त्यो कामको लागि उत्तम व्यक्ति होउन् कि नहोउन् । तिनीहरूको लक्ष्य सिद्धता हो । अर्कोतर्फ, परित्याग गर्नेहरू काम कति राम्ररी गरिन्छ भन्ने बारे धेरै सोच विचार नगरी अरूलाई पन्छाउँछन् । तिनीहरूको लक्ष्य त्यसलाई आफ्नो डेस्कबाट जतिसक्दोे चाँडो हटाउनु हो । उचित प्रत्यायोजनका लागि बुद्धिमान बन्नुपर्छ, तपाईं जो हुनुहुन्छ त्यसमा सुरक्षित महसुस गर्ने र अरूप्रति उदार हुनुपर्छ । यो सबैको अर्थ यही हो कि काम सही रूपमा गरिनुपर्छ, कारण अन्त्यमा तपाईंले चाहनुभएको कुरा त्यही हो ।
आत्मिक भोजनः प्रस्थान २०:८–१ यशैया ५८:१३–१४ लूका ४:१६ हिब्रू १०:१९–२५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



