तपाईंको प्रार्थनाको जवाफ दिइनेछ

Oct 25, 2024

‘तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन् ।’ —प्रेरित १०:४

परमेश्वरले कर्नेलियसलाई भन्नुभयो, ‘तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन् ।’ स्मारक वा सम्झनाका थोकहरू सामान्यतया मरेर गएका मानिसहरूका लागि बनाइन्छन् । यो कति महान् प्रतिज्ञा हो किः तपाईं स्वर्गमा जानुभएपछि पनि, तपाईंले आफ्नाप्रियजनहरूको निम्ति गर्नुभएका प्रार्थनाहरू उहाँको ध्यानाकर्षण गर्दै र उहाँलाई काम गर्न उत्प्रेरित गर्दै परमेश्वरको सामु सम्झना बन्छन् । त्यसैले, प्रार्थना गर्न नछोड्नुहोस् । सन्त अगस्टिन ख्रीष्टयन मतको इतिहासमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक मानिन्छन् , तर उनको सुरुआत त्यति असल थिएन । जवान ओरेलियस अगस्टिनसका रूपमा उनले तीन दशकसम्म पूरै अनैतिक जीवन जिए । अनि ती प्रत्येक दशकको लागि उनकी आमा मोनिकाले उनको लागि प्रार्थना गरिन्, उनलाई पछ्याउँदै अफ्रिकाको कार्थेजदेखि युरोपको रोम र मिलानसम्म रुँदै, बिन्ती गर्दै, र उनको तर्फबाट परमेश्वरकहाँ खुरन्धार प्रार्थना गरिरहिन् । मोनिकाले आफ्नो छोरालाई परमेश्वरको शक्तिशाली मानिस भएको देख्न पाइन् । तपाईंले आफ्नो प्रियजनलाई ख्रीष्टमा फर्केको देख्न पाउनुहोस् या नपाउनुहोस्, तर यो कुरा थाहा पाउनुहोस् कि परमेश्वरले भन्नुहुन्छ, ‘तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन् ।’ यहाँ हामी प्रार्थनाको मरणोपरान्त शक्ति, अर्थात् मानिस मरेर गएपछि पनि उसले गरेका प्रार्थनाको प्रभावका बारेमा कुरा गर्दैछौं । प्रकाशका पुस्तकका लेखक यूहन्नाले स्वर्ग भ्रमण गर्दा यसको झलक पाए र आफूले देखेको कुरा यी शब्दहरूमा वर्णन गरेः ‘अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खडा भए । सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढाउनका निम्ति तिनलाई धेरै धूप दिइयो । धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो’ (प्रकाश ८:३–४) । त्यसकारण, तपाईंको लागि आजको वचन छ–प्रार्थना गरिरहनुहोस् अनि परमेश्वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुनेछ ।

आत्मिक भोजनः यशैया ८–११ यूहन्ना ६:१–२४ भजन १२६ हितोपदेश २७:१७–१९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...