तपाईंको प्रार्थना गर्ने तरिका परिवर्तन गर्नु

Feb 28, 2024

‘मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ ।’ —एफिसी १:१६

बाइबलका प्रार्थनाहरू शक्तिशाली छन् । तिनीहरूले परिस्थितिलिाई उचित दृष्टिकोणमा राख्छन् । उदाहरणका लागि पावलले प्रार्थना गरे कि परमेश्वरले एफिसीहरूलाई ‘उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन् । म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको ह्दयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ….र उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक’ (पद.१७–१९) । यो नमुनालाई ध्यानमा राख्दै, जोएना रिर्यडनले लेखेकी छिन्ः (१) आफ्नो प्रार्थनालाई परमेश्वर केन्द्रित बनाउनुहोस् । ब्रह्माण्डका सृष्टिकर्ताले तपाईंलाई तपाईंको बिन्ती उहाँ समक्ष ल्याउने विशेषाधिकार दिनुभएको छ । जब तपाईंले परमेश्वरलाई उहाँ कति महान् हुनुहुन्छ भनी बताउनुहुन्छ, तपाईं केही महान् काम हुन सक्छ भन्ने आशाले भरिनुहुन्छ किनभने तपाईं त्यस्ता परमेश्वरसँग कुरा गर्दै हुनुहुन्छ जसले गर्न पनि सक्नुहुन्छ । (२) प्रार्थनालाई प्रशंसाले भरिदिनुहोस् । पावल यसो भन्दै सुरु गर्छन्, ‘तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्नँ ।’ यसको चाबी भनेको आफ्ना समस्याहरूमा केन्द्रित हुनु होइन, तर परमेश्वरलाई धन्यवाद दिनु र उहाँको प्रशंसा गर्नु हो किनभने उहाँले के गर्दैहुनुहुन्छ, उहाँ जान्नुहुन्छ । यसो भन्न सिक्नुहोस्, ‘हे प्रभु, मलाई थाहा छैन किन मलाई यो समस्या भइरहेको छ । तपाईंले यो परिस्थिति परिवर्तन गरिदिनुहोस् भन्ने म चाहन्छु । तर यदि तपाईंले त्यसो गर्नुभएन भने पनि, मलाई थाहा छ कि तपाईंले यसलाई मेरो जीवनमा भलाइको लागि नै प्रयोग गर्नुहुनेछ ।’ (३) प्रार्थनालाई जीवन परिवर्तनकारी बनाउनुहोस् । हाम्रा धेरैजसो प्रार्थनाहरूले हाम्रा परिस्थितिहरू परिवर्तन गर्न परमेश्वरलाई बिन्ती गर्ने प्रकारका हुन्छन् । तर सायद उहाँले तपाईंलाई परिवर्तन गर्न चाहनुहुन्छ । त्यसको अर्थ उहाँले तपाईंको पक्षमा कहिल्यै हस्तक्षेप गर्नुहुन्न भन्ने होइन† उहाँले आवश्यकताहरू पूरा गरिदिनुहुन्छ, ढोका खोलिदिनुहुन्छ र मानिसहरूलाई हरेक दिन आश्चर्यजनक रूपमा निको पार्नुहुन्छ । तर जब तपाईं उत्तर नपाइएको कुनै कुराको लागि प्रार्थना गर्दै वर्षौं बिताउनुहुन्छ, त्योचाहिँ तपाईंले सही तरिकाले प्रार्थना गरिरहनुभएको छैन भन्ने संकेत हुन सक्छ । पावलले कैद कोठरीमा आनन्द भेट्टाए, अनि जब परमेश्वरले तपाईंको आँखा खोलिदिनुहुन्छ, तपाईंले पनि आफ्नो परिस्थितिमा आनन्द भेट्टाउनुहुनेछ ।

आत्मिक भोजनः १ राजा १४ मत्ती १८:१–१४ भजन ५८ हितोपदेश ६:१०–११

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...