‘बिउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन ।’ —मर्कूस ४:२७
के तपाईंले विश्वासको ‘बिउ’ छर्नु भएको छ र अब तपाईं परमेश्वरले उहाँको वचनमा प्रतिज्ञा गर्नुभएको ‘फसल’ कहिले कटनी गर्ने भनेर सोचिरहनुभएको छ ? यदि त्यसो हो भने, यो खण्ड पढ्नुहोस्ः ‘परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बिउ छर्छ र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बिउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन । जमिन आफैँले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ । तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ’ (पद २६–२९) । तपाईंले परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष्को फसल काट्नुअगि, तपाईंले निश्चित चरणहरू पार गर्नुहुन्छ । पहिले त्यहाँ ‘नजान्ने’ चरण छ । तपाईंको बिउ जमिनमा गाडिएको छ । तपाईंको फसल कसरी र कहिले बढ्छ, त्यो पूर्णतया परमेश्वरमा भर पर्छ । तर यो हुनेछ भन्ने विश्वास गर्नुपर्छ । अर्को ‘टुसा’ चरण आउँछ । यो हावामा उड्ने एउटा सानो पात मात्रै हो, तर यो तपाईंलाई प्रोत्साहन दिन र तपाईंको लागि आउँदैछ भन्ने कुरा थाहा दिन पर्याप्त छ । अर्को ‘बाला’ चरण आउँछ । बिउ अंकुराउन थालेको छ र तपाईंले जुन कुराको लागि प्रार्थना गर्नुभएको थियो त्यस्तै देखिन्छ । यही चरणमा तपाईंले यसलाई प्रार्थनासाथ पानी हाल्नुपर्छ, यसलाई परमेश्वरको वचनले उर्वर बनाउनुपर्छ, अनि यसलाई शंका र अविश्वासद्वारा उखेल्न खोज्ने कुनै पनि थोक वा व्यक्तिबाट यसलाई बचाउनुपर्छ । अन्त्यमा तपाईं ‘पूरा बाला’ चरणमा प्रवेश गर्नुहुन्छ, जब अन्न पाक्छ र तपाईंले तुरुन्तै फसल कटनी गर्नुहुन्छ । तपाईं आज जुनसुकै चरणमा हुनुभए तापनि, दृढ खडा हुनुहोस् र परमेश्वरमा भरोसा राखिरहनुहोस् । भरोसा राख्नुहोस्, कारण तपाईंको फसल पाक्दैछ ।
आत्मिक भोजनः गलाती ५:२२ लूका २:८–२० हितोपदेश ३:१३–१८ भजन ११९:१६१–१६८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



