तपाईंको बारेमा के विशेष छ पत्ता लगाउनुहोस्

Oct 26, 2024

‘परमेश्वरले हामीलाई निश्चित कामहरू उत्कृष्ठ रूपमा गर्न अलग–अलग वरदानहरू दिनुभएको छ ।’ —रोमी १२:६

सृजनशील र खुल्ला सोचका बारेमा एउटा रोचक अध्ययन गरिएको थियो । त्यसका परिणामहरू के थिए ? तीनदेखि पाँच वर्षसम्मका ९८ प्रतिशत बालबालिकाले सृजनशील सोचाइका लागि उत्कृष्ठ श्रेणीको अंक पाए । आठदेखि दस वर्ष उमेरका बालबालिकाको बिचमा, त्यो संख्या ३२ प्रतिशतमा झ¥यो । किशोरावस्थामा पुग्दा यो १० प्रतिशतमा झ¥यो र पच्चीस वर्षभन्दा माथिका व्यक्तिहरूमा, केवल २ प्रतिशतले सृजनशील सोचका लागि उत्कृष्ठ श्रेणीको अंक पाए । यसको अर्थ तपाईं जति बूढो हुनुहुन्छ परिवर्तनको प्रतिरोध गर्ने तपाईंको प्रवृत्ति त्यति नै बढ्दै जानेछ । यसको अर्थ यो पनि हुन्छ कि तपाईंले जीवनमा तपाईंको ईश्वर प्रदत्त जिम्मेवारी पत्ता लगाउन र यसलाई पूरा गर्न आवश्यक सीपहरू विकास गर्न असफल हुन सक्नुहुन्छ । बाइबलले भन्दछ, ‘जसरी हाम्रो एउटै शरीरमा धेरै अंग हुन्छन् तर सबै अंगहरूको एउटै काम हुँदैन…त्यसरी नै परमेश्वरले हामीलाई निश्चित कामहरू उत्कृष्ठ रूपमा गर्न अलग–अलग वरदानहरू दिनुभएको छ’ (रोमी १२: ४, ६) । तपाईंको जीवनको लागि परमेश्वरको योजनामा तपाईंलाई कुन कुराले फरक बनाउँछ र तपाईंले कुन काम उत्कृष्ठ रूपमा गर्नुहुन्छ त्यो पत्ता लगाउनु समावेश छ । अधिकांश चर्चहरूमा धेरै व्यक्तिहरू धेरै समान देखिन्छन् र समान व्यवहार गर्छन् । पास्टरहरूले यस्तो अवस्था सृजना गर्न सक्छन् । साथीहरूको दबावले यस्तो अवस्था सृजना गर्न सक्छन् । वास्तवमा चर्च चाहिँ विविधता हुनुपर्ने ठाउँ हो । तपाईं जस्तो व्यक्ति कहिल्यै जन्मिएको छैन, र कहिल्यै जन्मने पनि छैन । अनि त्यसको श्रेय तपाईंलाई होइन तर यो परमेश्वरलाई दिनुपर्छ जसले तपाईंको सृष्टि गर्नुभयो र उहाँका उद्देश्यहरू पूरा गर्न तपाईंलाई छटुकारा दिनुभयो । अनि यसको लागि तपाईं को हुनुहुन्छ र तपाईं को हुनुहुन्न भन्ने कुरा पत्ता लगाउनुपर्छ । यसको बारेमा सोच्नुहोस् तः के तपाईं आफू जो हुनुहुन्न त्यसको लागि मन पराइनुभन्दा तपाईं जो हुनुहुन्छ त्यसको लागि मन नपराइन चाहनुहुन्न ?त्यसकारण, तपाईंलाई कुन कुराले विशेष बनाउँछ पत्ता लगाउनुहोस् ।

आत्मिक भोजनः यशैया १२–१६ यूहन्ना ६:२५–३४ भजन ८५ हितोपदेश २७:२०–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...