‘त्यो आएर बिहान सबेरैदेखि अहिलेसम्म…काममा व्यस्त छे ।’ —रूथ २:७
दश वर्षको दुःख र कठिनाइपछि जुन अवधीमा तिनले आफ्नो पति र सबै सहायता गुमाइन्, परमेश्वरले रूथलाई तिनका नयाँ पति बोअजसँग परिचय गराउनुभयो । कहाँ ? जहाँ तिनी हरेक दिन काम गर्थिन् । बोअज को थिए ? खेतको मालिक । बोअजलाई रूथप्रति आकर्षित गर्ने एउटा कुरा तिनको कामप्रतिको लगनशीलता थियो । उनको कटनी गर्ने नोकरले उनलाई भन्यो, ‘त्यो आएर बिहान सबेरैदेखि अहिलेसम्म छोटो समयको विश्रामबाहेक काममा व्यस्त छे ।’ फलस्वरूप, तिनले त्यो खेतका मालिकसँग विवाह गर्ने अवसर पाइन् । त्यसैकारण बाइबलले अल्छीपन र कडा परिश्रम, कमसलता र उत्कृष्ठता, ढिलाइ र समयनिष्ठा, इमानदारी र बेइमानी, सकारात्मक मनोवृत्ति र नकारात्मक मनोवृत्ति बिचको भिन्नताको बारेमा धेरै कुरा बताउँछ । तपाईंलाई आशिष् दिन सक्षम कसैले तपाईंलाई सधैं नियालिरहेको हुन्छ । धर्मशास्त्रका यी तीन वटा खण्ड पढ्नुहोस्ः (१) ‘आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस् ? त्यसले राजाहरूका सामु सेवा गर्नेछ । त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन’ (हितोपदेश २२:२९) । (२) ‘अल्छे हातहरूले मानिसलाई कंगाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्’ (हितोपदेश १३:४) । (३) ‘अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छन्’ (हितोपदेश १०:४) । ‘अल्छे हात’ भन्ने वाक्यांशलाई ध्यान दिनुहोस् । धेरै आशा गर्ने तर र बदलामा सकेसम्म थोरै दिने कामले तपाईंले काम गर्ने कम्पनीलाई मात्र ठग्ने होइन तर तपाईंले आफैलाई पनि ठग्नुहुन्छ । किन ? किनभने परमेश्वरले तपाईंलाई आदर गर्ने प्रतिज्ञा गर्नुहुन्छ जब तपाईंले सक्दो योगदान गर्नुहुन्छ । उहाँको वचनले भन्दछ, ‘पूर्वदेखि होस् वा पश्चिमदेखि, अथवा मरुभूमिबाट होस्, कसैले पनि मानिसलाई उचाल्न सक्दैेन । तर परमेश्वरले नै न्याय गर्नुहुन्छ, उहाँले एउटालाई होच्याउनुहुन्छ र अर्कालाई उच्च पार्नुहुन्छ।’ (भजन ७५:६–७) ।यसकारण, अहिले परिस्थिति जेजस्तो भए तापनि, इमानदारीपूर्वक काम गरिरहनुहोस्, तपाईंको उन्नतिको समय आउँदैछ ।
आत्मिक भोजनः लेवी २३:१५–२२ प्रेरित २:१–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



