‘मानिसको ह्दयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ ।’ —हितोपदेश १९:२१
भनाइ नै छ, ‘शैतान स–साना विवरणहरूमा छ ।’ अर्थात्, प्रत्येक थोकको भित्री तहमा समस्या छ । तर उहाँको उद्धार पाएको सन्तानका लागिचाहिँ विवरणहरूमा परमेश्वर हुनुहुन्छ ¤ जब तपाईं कुनै कुरामा आफ्नो ह्दय लगाउनुहुन्छ तर त्यसो हुँदैन, तब निराशा अनुभव हुनु मानवीय स्वभाव नै हो । त्यस्ता क्षणहरूमा तपाईंले ध्यानमा राख्नुपर्ने कुरा यहाँ छः (१) उत्तम अवस्थमा समेत तपाईं सधैं सीमित जानकारीको साथ काम गर्दै हुनुहुन्छ । तपाईंले चाहनु भएको अन्तिम नतिजा तपाईंलाई थाहा हुन सक्छ, तर तपाईंको लागि उत्तम के हो भन्ने परमेश्वरलाई थाहा छ र उहाँले सोही अनुसार योजना गर्नुहुन्छ । ‘म परमेश्वर हुँ,…आदिदेखि अन्तसम्मको जानकारी म दिन्छु… मेरो अभिप्राय ठहर्नेछ र मैले चाहेको सबै पूरा गर्नेछु’ (यशैया ४६:९–१०) । (२) परमेश्वरको इच्छाभन्दा बाहिर काम गर्ने प्रयास गर्नु भनेको काँटाले बलियो पर्खालमा खनेर बाटो बनाउने प्रयास गर्नु जस्तै हो । तपाईंले चाहनु भएको कुरा प्राप्त गर्ने माग गर्दा बाहिर निस्कनुको सट्टा तपाईंले कैदमा जाने बाटो खोल्नुहुन्छ । के तपाईं साँच्चै परमेश्वरले योजना नगर्नुभएको योजना पूरा गर्न चाहनुहुन्छ ? तपाईंको लागि उत्तम के हो भन्ने कुरा उहाँले जान्नुहुन्छ भनी के तपाईं उहाँमा भर पर्न सक्नुहुन्छ ? ‘किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र ?’ (यशैया १४:२७) । अन्त्यमा तपाईंले सम्हाल्न नसक्ने कुरामा पुग्नुभन्दा बरु अहिले केही समयको लागि निराश हुनु असल हो । इस्राएलको कथा यसरी पढ्न्छिः ‘उहाँले शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो । तब तिनीहरूले उहाँका वचनमाथि विश्वास गरे र उहाँको प्रशंसा गरे । तर तिनीहरूले चाँडै उहाँका कार्यहरू बिर्सिहाले र उहाँका सल्लाहको प्रतीक्षा तिनीहरूले गरेनन् । उजाड–स्थानमा तिनीहरूले आफूलाई आफ्नो तृष्णाको वशमा सुम्पिए र तिनीहरूले मरुभूमिमा परमेश्वरको परीक्षा गरे । यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो तर तिनीहरूका बिचमा शिथिलताको रोग पठाइदिनुभयो’ (भजन १०६:१०, १२–१५) । यसकारण परमेश्वरमा भरोसा राख्नुहोस् र उहाँले तपाईंलाई उत्तम कुरा दिनुहुनेछ ।
आत्मिक भोजनः प्रेरित १०–११ मर्कूस ४:१–९ भजन १०३:१–१२ हितोपदेश १०:२७–२९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



