तपाईंको लागि ‘सबैभन्दा महŒवपूर्ण’ कुरा के हो ?

Feb 20, 2024

‘म यति मात्र चाहन्छु, कि मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ ।’ —प्रेरित २०:२४

दुर्घटनामा परी डुबेको जहाज टाइटानिकमा यात्रा गरिरहेकी एक जना धनी महिलाको बारेमा यस्तो कथा छ । जब त्यो जहाज बरफमा ठोक्कियो, तिनलाई एउटा जीवनरक्षक डुंगामा चढ्ने मौका दिइयो । तिनलाई आफ्नो कक्षमा फर्कन सक्छिन् कि भनी सोध्दा, तिनलाई तीन मिनेटको समय दिइयो । यत्तिकै भुइँमा छरिएका रुपैयाँपैसा र बहुमूल्य रत्नहरूमाथि टेक्दै तिनले तीन वटा सुन्तला टिपिन् र जीवनरक्षक डुंगामा फर्किन् । परिस्थितिले तिनको मूल्यमान्यतालाई परिवर्तन गरिदियो† दुर्घटनाले तिनका प्राथमिकताहरू स्पष्ट पारिदियो । प्रश्न तपाईंको समय तालिका भरिनेछ भन्ने होइन, तर यो होः कसले त्यसलाई भर्नेछ र कस्ता कुराले त्यो भरिनेछ ? यदि तपाईं बुद्धिमान् हुनुहुन्छ भने, तपाईंले आफ्नो जीवनका प्राथमिकताहरूका रूपमा परमेश्वरसँग परामर्श लिनुहुनेछ, त्यसपछि तिनीहरूलाई सधैँ आफ्नो अगाडि राख्नुहुनेछ (हितोपदेश ३:६ हेर्नुहोस्) । एउटा सर्वेक्षणमा, नब्बे वर्षभन्दा माथि उमेरका पाका मानिसहरूलाई सोधिएको थियो, ‘यदि तपाईं तपाईंले आफ्ने जीवन फेरि जिउने अवसर पाउनुभयो भने कुन कुरा फरक तरिकाले गर्नुहुनेथियो ?’ तीनवटा जवाफहरू लगातार स्पष्ट रूपमा देखापरेः (१) म मेरो परिवार र साथीहरूसँग अझै बढी समय बिताउनेथिएँ । (२) मैले अझै अरु थोकहरू प्रयास गर्नेथिएँ र अधिक जोखिम लिनेथिएँ । (३) मैले आपूm मरेर गएपछि बाँचिरहने कुरामा आफैँलाई समर्पित गर्नेथिएँ । सानातिना कुराहरूले हाम्रो धेरै समय चोर्छन्, अनि हामी गलत प्राथमिकताअनुसार जीवन बिताइरहेका हुन्छौँ । यदि तपाईंले अरू मानिसहरूको प्रत्येक अनुरोध स्वीकार गर्नुभयो भने, तपाईंले परमेश्वरले तपाईंलाई जुन काम गर्नको लागि बोलाउनुभएको छ त्यो काम कहिल्यै गर्न सक्नुहुनेछैन । पावलले यो बुझेका थिएः ‘म यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ ।’ जुनसुकै कुराको लागि स्थान हुने जीवनमा अन्त्यमा कुनै पनि अर्थपूर्ण कुरा हुँदैन । ‘तिनीहरूले आफ्नो विचार गर्नेथिए ।’ (व्यवस्था ३२:२९) ।तपाईंको सबैभन्दा ठूलो चुनौती भनेको अन्त्यमा महŒवपूर्ण हुने कुराहरूबारे विचार गर्नु र काम गर्नु हो ।

आत्मिक भोजनः हिब्रू ११:१७–१३:२५ मत्ती १४:१३–३६ भजन २८ हितोपदेश ५:३–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...