तपाईंको विगतले तपाईंलाई योग्य आराधक बनाउँछ

Dec 11, 2024

‘यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, यसकारण यस स्त्रीले बढी प्रेम देखाई ।’ —लूका ७:४७

बाइबलले भन्दछः ‘फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए… त्यस सहरमा एउटी पापी स्त्री थिई । फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई, र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र अÇनो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी..ती फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो ”’ (पद ३६–३९) । तब येशूले उसको विचारको जवाफ दिनुभयो । येशूले यो फरिसीलाई के भन्नुभयो ? जुन कुरा उहाँले आज तपाईंलाई भनिरहनुभएको छः तपाईंको विगतले तपाईंलाई परमेश्वरको आराधना गर्न योग्य बनाउँछ । ‘यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, यसकारण यस स्त्रीले बढी प्रेम देखाई’ (पद ४७) । पापको जुन गहिराइबाट तिनलाई उचालिएको थियो त्यसले तिनलाई आराधनाको त्यो उचाइमा पु¥यायो जसलाई कुरा यो फरिसीले बुझ्न सकेन । यदि धर्मशास्त्रमा आराधनाको अगुवा कोही छ भने, ती दाऊद हुन् । आफ्नो विगततर्फ फर्केर हेर्दै उनी लेख्छन्ः ‘मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो । उहाँले मलाई सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो । उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ स्थान दिनुभयो । उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत । धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्’ (भजन ४०:१–३) । त्यसकारण, तपाईंको लागि आजको वचन छः तपाईंको विगतले तपाईंलाई एक योग्य आराधक बनाउँछ

आत्मिक भोजनः उत्पत्ति ४४–४६ यूहन्ना १९:१–२४ भजन १४८:७–१४ उपदेशक ५:४–६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...