तपाईंको व्यक्तिगत मार्गदर्शक

Apr 12, 2024

‘परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन ।’ —भजन २३:१

यसो भन्न सजिलो छ, ‘परमप्रभु मेरा गोठाला हुनुहुन्छ,’ तर तपाईं कसरी भन्न सक्नुहुन्छ कि यो कुरा तपाईंको निम्ति वास्तविक हो वा तपाईं यी शब्दहरू मात्र बोल्दै हुनुहुन्छ ? यहाँ एउटा सरल परीक्षण छः जब तपाईंलाई मदत चाहिन्छ, तपाईं पहिले ककोतर्फ फर्कनुहुन्छ ? अधिकांश मानिसहरू अरू सबै प्रयत्न गरिसकेपछि मात्रै परमेश्वरकहाँ जान्छन् । अनि जब अरू कुनै कुराले काम गर्दैन, तब तिनीहरू प्रार्थना गर्ने प्रयास गर्छन् । तपाईंको पछिल्लो संकटको बारेमा सोच्नुहोस् । मदतको लागि तपाईं जो वा जेतर्फ पहिले फर्कनुभयो, त्यो नै तपाईंको गोठालो हो । अफ्रिकी घना जंगलको यात्रामा एउटा व्यक्तिले गाइडलाई पछ्याउँदै थियो । तिनीहरू भित्री जंगलतर्फ जाने क्रममा, त्यो गाइडले आफ्नो हतियारले तिनीहरूको अगाडि पर्खाल जस्तै उभिएको बाक्लो झाडी फाँडिरहेको थियो । ‘कहाँ जाने भनेर तिमीलाई कसरी थाहा हुन्छ ?’ भनी त्यो मान्छेले सोध्यो । ‘बाटो कहाँ छ ?’ गाइडले जवाफ दियो, ‘बाटो मै हुँ ।’ हाम्रो जीवन त्यो जंगल जस्तै छ† तपाईंलाई त्यस्तो गाइड चाहिन्छ जसलाई थाहा छ ऊ कहाँ जाँदैछ र उसले के गरिरहेको छ । अनि यहाँ पृथ्वीमा, यस्तो कामको लागि को योग्य छ ? केवल एक व्यक्ति– प्रभु ¤ तपाईंलाई उहाँको मार्गदर्शनको आवश्यकता नपर्ने त्यस्तो कुनै दिन हुनेछैन र यदि तपाईंले मार्गदर्शन साँच्चै चाहनुहुन्छ भने तपाईंले त्यो पाउन सक्नुहुन्छ । बाइबलले भन्दछ, ‘उसले आफ्ना भेडाहरूलाई नाउँ काढी–काढी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ…ऊ तिनीहरूका अगिअगि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्छन्’ (यूहन्ना १०:३–४) । कस्तो प्रतिज्ञा ¤ त्यहाँ तपाईंको ध्यान खिच्नको लागि प्रतिस्पर्धा गर्ने विभिन्न आवाजहरू छन् जसमध्ये कतिपयले तपाईंको ख्याल राख्छन् र कतिपयले ख्याल राख्दैनन् । तर मार्गदर्शनको सन्दर्भमा तपाईंले सधैं भरोसा गर्न सक्नुहुने एक मात्र आवाज येशू तपाईंका गोठालाको आवाज हो ।त्यसकारण हामीले ‘उहाँको स्वर चिन्नु’ महŒवपूर्ण छ ।

आत्मिक भोजनः यर्मिया ४५–४८ मर्कूस २:१३–१७ भजन २५:१६–२२ हितोपदेश १०:४–७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...