‘तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। ।’ —भजन ११९:११४
परमेश्वरसँग नियमित शान्त समय बिताउन तपाईंलाई कुन कुराले रोकिरहेको छ ? हुनसक्छ यो विचार नै ‘गरिनुपर्छ’ र ‘हुनुपर्छ’ भनेजस्तो लाग्छ† तपाईंको जीवनका कामको लामो सूचीमा थपिनुपर्ने अर्को वस्तु वा काम जस्तो । त्यसकारण, तपाईं यस्तो सोच्नुहुन्छ, ‘सायद पछि, जीवनको भागदौड अलि सुस्त भएपछि म शान्त समय बिताउनेछु ।’ प्रभु येशूलाई चिन्दा र उहाँद्वारा चिनिँदा प्राप्त हुने आनन्द अनुभव गर्नबाट रोक्नको लागि हाम्रो शत्रु शैतानले प्रयोग गर्ने भ्रम र अव्यावहारिक अपेक्षाहरूलाई हामीले हटाउनु आवश्यक छ । दाऊदले लेखेका छन्ः ‘एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ । किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ । तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु। मेरो ह्दयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर् ।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु।’ (भजन २७:४–६, ८) । दाऊदले ती शब्दहरू लेख्दा, त्यहाँ कुनै मन्दिर वा ‘परमप्रभुको भवन’ थिएन । त्यसोभए, उनको अर्थ के थियो ? यही कि परमेश्वर प्रार्थना जत्तिकै तपाइकों नजिक हुनुहुन्छ† कि तपाईंले प्रभुलाई खोज्न सक्नुहुन्छ, प्रभुमा रमाहट गर्न सक्नुहुन्छ, प्रभुको बारेमा मनन गर्न सक्नुहुन्छ, अनि जहाँसुकै र कुनै पनि समयमा प्रभुसँग कुरा गर्न सक्नुहुन्छ । ‘तपाईं मेरो शरणस्थान हुनुहुन्छ’ भन्ने शब्दको अर्थ तपाईं मानिसहरू, दबावहरू र समस्याहरूबाट पर जान सक्नुहुन्छ अनि आफ्नो ह्दय र मनमा उहाँसँग संगति गरेर प्रभुबाट नयाँ शक्ति प्राप्त गर्न सक्नुहुन्छ भन्ने हो । यो कुरा जहाँसुकै र कुनै पनि समयमा गर्न सकिन्छ ।यसकारण, आजै प्रभुसँग एकान्तमा शान्त सममय बिताउने आदत बसाल्नुहोस् ।
आत्मिक भोजनः यशैया १७–२१ यूहन्ना ६:३५–५१ भजन ९८ हितोपदेश २७:२३–२४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


