‘हाम्रा प्रधान पूजाहारीले हाम्रो दुर्बलता बुभ्mनुहुन्छ ।’ —हिब्रू ४:१५
हामीलाई परमेश्वरसँगको हाम्रो शान्त समयबाट टाढा राख्नको लागि शैतानका सबैभन्दा सफल रणनीतिहरूमध्ये एकचाहिँ हामीलाई हाम्रा पाप र कमीकमजोरीहरूको सम्झना गराउनु हो । त्यो झूट हो† त्यसमा विश्वास नगर्नुहोस् । पुरानो करारमा, प्रधान पुजारी मानिसहरूका पापहरूको प्रायश्चित गर्न पवित्रतम महापवित्र स्थानमा जान्थे । जब उनी बाहिर आउँथे, उनीहरूलाई परमेश्वरले सम्पूर्ण रूपमा ग्रहण गर्नुभएको थाहा पाएर मानिसहरू रमाहट गर्थे । त्यो कुरालाई विचार गर्दै, धर्मशास्त्रको यो खण्ड पढ्नुहोस्ः ‘किनकि हाम्रा प्रधान पूजाहारी (येशू) हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं’ (पद १५–१६) । शैतानले तपाईंलाई डर देखाउने र शान्त समयदेखि तपाईं टाढा राख्न प्रयोग गर्ने अर्को रणनीति भनेको चाहिँ महान् सन्तहरूले प्रत्येक दिन प्रार्थना र धर्मशास्त्र अध्ययनमा घण्टौं समय बिताउँथे भन्ने कुरा सम्झना गराउनु हो । यो सत्य हो, र एक दिन तपाईं पनि तिनीहरू जस्तै बन्न सक्नुहोला । तर यस बिचमा, तपाईंले के गर्नुपर्छ ? सानै रूपमा भए पनि सुरु गर्नुहोस् तर सुरु गर्नुहोस् ¤ ग्रेग लाउरी नामक पास्टरले आत्मिक भोकलाई प्राकृतिक भोकको विपरीतको रूपमा विचार गरेका छन्ः ‘जब तपाईं प्राकृतिक रूपमा भोकाउनुहुन्छ, तपाईंले खानुहुन्छ र सन्तुष्ट बन्नुहुन्छ । तर आत्मिक भोकको सन्दर्भमा, खान सुरु नगरेसम्म तपाईं वास्तवमा कत्ति भोको हुनुहुन्छ भन्ने कुरा तपाईंले थाहा पाउनुहुन्न ¤’ त्यसकारण जब तपाईं परमेश्वरसँग आफ्नो शान्त समय बिताउन चुक्नुहुन्छ, तपाईंले दोषी महसुस गर्नु हुँदैन, बरु तपाईंले भोकाएको महसुस गर्नुपर्छ । जब तपाईंले ‘परमप्रभुलाई पारख गरेर हेर्नुहुन्छ र उहाँ कति भला हुनुहुन्छ’ (भजन ३४:८) भन्ने देख्नुहुन्छ, तपाईंले येशूसँग धेरै भन्दा धेरै समय बिताउन चाहनुहुनेछ ।यो कुरा अद्भुत छ किनभने उहाँले पनि तपाईंसँग समय बिताउन चाहनुहुन्छ ।
आत्मिक भोजनः यशैया २२–२५ यूहन्ना ६:५२–७१ भजन १२७ हितोपदेश २७:२५–२७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024