तपाईंको शान्त समय (२)

Oct 29, 2024

‘हाम्रा प्रधान पूजाहारीले हाम्रो दुर्बलता बुभ्mनुहुन्छ ।’ —हिब्रू ४:१५

हामीलाई परमेश्वरसँगको हाम्रो शान्त समयबाट टाढा राख्नको लागि शैतानका सबैभन्दा सफल रणनीतिहरूमध्ये एकचाहिँ हामीलाई हाम्रा पाप र कमीकमजोरीहरूको सम्झना गराउनु हो । त्यो झूट हो† त्यसमा विश्वास नगर्नुहोस् । पुरानो करारमा, प्रधान पुजारी मानिसहरूका पापहरूको प्रायश्चित गर्न पवित्रतम महापवित्र स्थानमा जान्थे । जब उनी बाहिर आउँथे, उनीहरूलाई परमेश्वरले सम्पूर्ण रूपमा ग्रहण गर्नुभएको थाहा पाएर मानिसहरू रमाहट गर्थे । त्यो कुरालाई विचार गर्दै, धर्मशास्त्रको यो खण्ड पढ्नुहोस्ः ‘किनकि हाम्रा प्रधान पूजाहारी (येशू) हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं’ (पद १५–१६) । शैतानले तपाईंलाई डर देखाउने र शान्त समयदेखि तपाईं टाढा राख्न प्रयोग गर्ने अर्को रणनीति भनेको चाहिँ महान् सन्तहरूले प्रत्येक दिन प्रार्थना र धर्मशास्त्र अध्ययनमा घण्टौं समय बिताउँथे भन्ने कुरा सम्झना गराउनु हो । यो सत्य हो, र एक दिन तपाईं पनि तिनीहरू जस्तै बन्न सक्नुहोला । तर यस बिचमा, तपाईंले के गर्नुपर्छ ? सानै रूपमा भए पनि सुरु गर्नुहोस् तर सुरु गर्नुहोस् ¤ ग्रेग लाउरी नामक पास्टरले आत्मिक भोकलाई प्राकृतिक भोकको विपरीतको रूपमा विचार गरेका छन्ः ‘जब तपाईं प्राकृतिक रूपमा भोकाउनुहुन्छ, तपाईंले खानुहुन्छ र सन्तुष्ट बन्नुहुन्छ । तर आत्मिक भोकको सन्दर्भमा, खान सुरु नगरेसम्म तपाईं वास्तवमा कत्ति भोको हुनुहुन्छ भन्ने कुरा तपाईंले थाहा पाउनुहुन्न ¤’ त्यसकारण जब तपाईं परमेश्वरसँग आफ्नो शान्त समय बिताउन चुक्नुहुन्छ, तपाईंले दोषी महसुस गर्नु हुँदैन, बरु तपाईंले भोकाएको महसुस गर्नुपर्छ । जब तपाईंले ‘परमप्रभुलाई पारख गरेर हेर्नुहुन्छ र उहाँ कति भला हुनुहुन्छ’ (भजन ३४:८) भन्ने देख्नुहुन्छ, तपाईंले येशूसँग धेरै भन्दा धेरै समय बिताउन चाहनुहुनेछ ।यो कुरा अद्भुत छ किनभने उहाँले पनि तपाईंसँग समय बिताउन चाहनुहुन्छ ।

आत्मिक भोजनः यशैया २२–२५ यूहन्ना ६:५२–७१ भजन १२७ हितोपदेश २७:२५–२७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...