‘आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस् ।’ —भजन ११९:१०७
जब भजनकारको जीवनमा सबै कुरा बिग्रन लाग्यो, उनले यस्तो प्रार्थना गरे, ‘आफ्नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस् ।’ परमेश्वरसँगको तपाईंको शान्त समय यही हो । त्यसो हो भने, किन हामी परमेश्वरसँग निरन्तर शान्त समय बिताउँदैनौं ? यसका दुई वटा कारण छन्ः (१) हामीलाई लाग्छ हाम्रो शान्त समय लामो समय हुनुपर्छ । सानैबाट सुरु गर्नुहोस् । आफ्नो बाइबल खोल्न र धर्मशास्त्रको एउटा छोटो खण्डमा मनन गर्न पाँच मिनेट छुट्याउनुहोस् । यसको बारेमा परमेश्वरसँग कुराकानी गर्नुहोस् । उहाँलाई आफ्नाआवश्यकताहरू बताउनुहोस् र दिनभरि तपाईंलाई मार्गदर्शन गर्न पवित्र आत्मासँग बिन्ती गर्नुहोस् । खुशीको खबर छ ¤ यति गर्नुहुँदा तपाईंले भर्खरै शान्त समय अनुभव गर्नुभएको छ ¤ यसकारण भोलि यसलाई दोहोर्याउनुहोस् । तपाईंको आत्मिक भोक बढ्दै जाँदा, तपाईंले स्वाभाविक रूपमा अझै धेरै समय छुट्याउनुभएको पाउनुहुनेछ – दश मिनेट, त्यसपछि बीस, र त्यो समय बढ्दै जानेछ । (२) हामी सोच्छौं कि हाम्रो शान्त समय सबै होहल्लाबाट मुक्त हुनुपर्छ ¤ व्यस्तता र होहल्लाबाट भाग्नुको सट्टा, येशू तपाईंसँग त्यहीँ जोडिन चाहनुहुन्छ । दिनभरि प्रभुसँग जोडिने रचनात्मक तरिकाहरू खोज्न सुरु गर्नुहोस् । घर कोठा सफा गर्दा आराधन संगीत सुन्नुहोस् , र सँगै गाउनुहोस् । आत्मामा प्रार्थना गर्नुहोस् । कण्ठ पदहरू सिक्नुहोस् । ‘तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर…प्रभुको सेवा गरेजस्तै’ (कलस्सी ३:२३) । सवारी चलाउँदै गर्दा बाइबल सुन्नुहोस्† यसका लागि अचेल उत्कृष्ठ एपहरू उपलब्ध छन् । व्यायाम गर्दा प्रार्थना गर्नुहोस्, यसरी आफ्नो विश्वासको मांसपेशी पनि बलियो बनाउनुहोस् ¤ कफी पिउनको लागि परमेश्वरसँगै जानुहोस्– क्याफेमा आफ्नो बाइबल अध्ययन गर्नुहोस् । येशूसँग हिँड्न जानुहोस्– अरूको लागि प्रार्थना गर्नुहोस्, र उहाँले सृष्टि गर्नुभएको सौन्दर्यको लागि परमेश्वरको प्रशंसा गर्नुहोस् । उहाँलाई आफ्नो दिनचर्यामा स्वागत गर्नुहोस्, अनि सांसारिक ठानिने साधारण कुरा पनि पवित्र क्षणहरूमा परिणत हुनेछन् । तपाईंलाई बिचैमा रोकेर उहाँका कुरा राख्न पवित्र आत्मालाई अनुमति दिनुहोस्, त्यसपछि उहाँले जे भन्नुहुन्छ त्यही गर्नुहोस् । यसलाई अर्को शब्दमा भन्नुपर्दा—येशूसँग जीवन जिउनुहोस् ।
आत्मिक भोजनः यशैया २६–२९ यूहन्ना ७:१–१३ भजन ११४ हितोपदेश २८:१–४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024