तपाईंको शान्त समय (४)

Oct 31, 2024

‘मैले चर्को सोरले परमप्रभुमा पुकार गरें र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुभयो । सेला ।’ —भजन ३:४

प्रार्थना गर्न कहिलेकहीँ येशू बिहान सबेरै उठ्नुभयो† अन्य समयमा उहाँले रातभरि प्रार्थना गर्नुभयो । त्यसकारण तपाईंको शान्त समय बिहान, साँझ, वा तपाईंको लागि उपयुक्त जुनसुकै समय हुन सक्छ । तपाईंले जागिरमा निश्चित समयसम्म काम गरेझै परमेश्वरले तपाईंलाई भुक्तानी गर्नुहुन्छ भनेझैं गर्नुभएको होइन । उहाँले त तपाईंलाई उहाँसँग समय बिताउन आमन्त्रित गर्दैहुनुहुन्छ । दाऊदले भने, ‘मैले चर्को सोरले परमप्रभुमा पुकार गरें र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुभयो । सेला ।’ भजनसंग्रहका पुस्तकभरि नै, ‘सेला’ भनिने यो सानो शब्द एकहतर पटक प्रयोग गरिएको छ । यसको अर्थ रोकिनु र सोच्नु हो । त्यो रोकिने कामसँग जोडिएको समयको कुनै निश्चित लम्बाइ छैन । बरु, कति लामो विश्राम लिने भन्ने कुरा व्यक्तिमा छोडिएको देखिन्छ । सेला । यो विश्राम गर्न र चिन्तन गर्न, स्थिर हुन र गहिरो सास फेर्न, त्यो पलमा शान्त रहन र केही समयसम्म त्यसमै रहनको लागि दिइएको बोलावट हो । सेलाको अवधारणा प्रभुसँग शान्त समयको केन्द्रमा रहेको देखिन्छ । जब प्रभुले ‘सेला’ भन्नुहुन्छ, उहाँले यसो भरिहनुभएको हुन्छ, ‘काम गर्न छोड, र मेरो पाउमा बस । केवल मेरो बन ।’ कस्तो निमन्त्रणा ¤ तपाईंले चाहनुभएको सबै थोक र तपाईंलाई चाहिने सबै कुरा यही हो । अनि यो कुरा विश्वास गर्नुहोस् वा नगर्नुहोस्, अक्सर प्रभुसँग विश्राम गर्न नसक्ने मानिसहरू नै सेवाकार्यमा संलग्न छन् । मार्था जस्तै, सेवा गर्ने सन्दर्भमा तिनीहरू उत्कृष्ठ हुन्छन् । जोखिम यो हो कि प्रभुको लागि धेरै काम गरेका छौं भन्ने सोचेर मरियमले जस्तै हामी पनि उहाँको पाउनेर बस्न र उहाँसँग समय बिताउनबाट मुक्त भएका छौं भन्ने ठान्छौं । यदि तपाईं यसमा बेपरवाह वा अनियमित हुनुभएको छ भने, प्रभुसँग आफ्नो शान्त समय पुनस्र्थापित गर्नुहोस् र कुनै पनि कुरालाई तपाईंलाई यसबाट बञ्चित गर्न नदिनुहोस् ।

आत्मिक भोजनः व्यवस्था १८:९–१४ दानिएल २ यशैया ४७:५–१५ प्रेरित १६:१६–३४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...