‘तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम हुन् ।’ —गलाती ५:२२
तपाईंले आत्माको फलको विकास र प्रदर्शन गरेर कुनै पनि सम्बन्धलाई समृद्ध र बलियो बनाउन सक्नुहुन्छ । बाइबलले आत्माले भरिने (एफिसी ५:१८ हेर्नुहोस्) र आत्मामा चल्नेबारे बताउँछ (हेर्नुहोस् गलाती ५:१८) । परमेश्वरका आत्माले ‘भरिनु’ भनेको तपाईं एउटा भण्डार हुनुहुन्छ भन्ने बुझिन्छ भने आत्मामा ‘चल्नु’ भन्नाले तपाईं एउटा खन्याइने माध्यम जस्तै हुनुहुन्छ भन्ने बुझिन्छ– परमेश्वरले अरूको जीवनमा भर्न र खन्याउन सक्नुहुने साधन । ‘तपाईंले चर्चा गर्नुभएको यो फल के हो नि ?’ भनी तपाईंले सोध्न सक्नुहुन्छ । बाइबलले यसलाई यसरी वर्णन गर्दछः ‘तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्’ (गलाती ५:२२–२३) । नौ वटा फरक चारित्रिक गुणहरूमा ध्यान दिनुहोस् । पहिलो तीन – ‘प्रेम, आनन्द, शान्ति’– वातावरण परिवर्तन गर्ने फलहरू हुन् । तपाईं पवित्र आत्माको अधीनमा रहनुहुँदा, तपाईंले भन्न चाहनुहुने कठोर शब्दहरूमा उहाँले शीतलता पहिराइदिनुहुन्छ । उहाँले तपाईंको ह्दयमा आगो बालिदिनुहुनेछ जसले चिसो वातावरणमा न्यानोपन ल्याउनेछ अनि तीतो र बदलापूर्ण वातावरणमा प्रेम ल्याउनेछ । त्यसपछिका तीन वटा फल– ‘धैर्य, दया, भलाइ’– मनोवृत्ति परिवर्तन गर्ने फलहरू हुन् । हामी प्रत्येकमा खराब मनोवृत्ति हुने सम्भावना छ । हामीभित्र के छ भन्ने कुरा प्रकट गर्नका लागि परमेश्वरले कहिलेकहीँ हामीलाई कठिन परिस्थितिहरू भएर जान दिनुहुन्छ । जब हामी हाम्रो आÇनै असमर्थता, कमजोरी र निराशा देख्छौं, यसले हामीलाई यस्तो पुकारा गर्न उत्प्रेरित गर्छ, ‘हे परमेश्वर, मलाई तपाईंको खाँचो छ ¤’ अन्तिम तीन वटा फल– ‘विश्वास, नम्रता, संयमा’– गुण परिवर्तन गर्ने फलहरू हुन् । पवित्र आत्माद्वारा, तपाईंसँग त्यस्तो शक्ति र क्षमता छ जुन गुणहरू तपाईंले परमेश्वर बाहेक अरू कसैमा छ भनी श्रेय दिन सक्नुहुन्न । अनि तपाईंसँग त्यस्तो शान्ति छ जुन मानव समझभन्दा बाहिर छ (फिलिप्पी ४:७ हेर्नुहोस्) ।यसकारण, आज तपाईंसँग आत्माका यी फलहरु ीवकाश हुनु वाञ्छनीय छ । ।
आत्मिक भोजनः हेशे १–५ मत्ती २६:२६–४६ भजन ११६:१–११ हितोपदेश ८:८–९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



