तपाईंलाई चाहिने सबै थोकबारे परमेश्वरले सोच्नुभएको छ

Sep 23, 2024

तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे…त्यसको एउटै कुरा पनि पूणर् हुन अगि सब लेखिएका थिए ।’ -भजन १३९ :१६

परमेश्वरले पृथ्वीको जग बसाल्नुभन्दा पहिल्यै, उहाँले तपाईंको बारेमा सोच्नुभएको थियो । उहाँले तपाईंलाई आवश्यक पर्ने सबै थोकको बारेमा सोच्नुभयो । चकित तुल्याउने कुरा, होइन त ? एक जना आदरणीय लेखक यस्तो लेख्छन्ः परमेश्वरले तपाईंले सामना गर्न सक्नुहुने हरेक आकस्मिकताको लागि समयको सुरुआत हुनुभन्दा अगि नै योजना बनाउनुभयो…मानिसको सीमित दिमागले परमेश्वरको सार्वभौमिकता बुझ्न असम्भव छ, तर यो कुरालाई चेस ( एउटा खेल) को भाषामा बताउन मलाई अनुमति दिनुहोस् । सन् १९९७ मा, आइ.बि.एम. इन्जिनियरहरूको एक समूहले डिप ब्लु नामक कम्प्युटर डिजाइन र निर्माण गर्यो, त्यो कम्प्युटर जसले चेसका ग्रान्ड मास्टर ग्यारी कास्पारोभलाई हराएको थियो । डिप ब्ल्यु कम्प्युटर बत्तीस वटा प्रोसेससिङ इन्जिनसाथ सुसज्जित थियो जसले प्रति सेकेन्ड २० करोड चेसका चालहरू गणना गर्न सक्थ्यो…मलाई कुनै दुई वटा कुराका बिचमा छनोट गर्नुपर्दा समेत कठिन हुन्छ । ठिक या बेठिक । दायाँ वा बायाँ । चकलेट वा भनिला । म एक सेकेन्डमा २० करोड आकस्मिकताहरू विचार गर्ने कल्पना समेत गर्न सक्दिनँ । तर समयको घडीमा न्यानोसेकेन्ड समय टिक टिक गर्नुअगि नै प्रत्येक आकस्मिकतालाई ध्यानमा राख्नुहुने सर्वज्ञ परमेश्वरको तुलनामा त त्योे कम्प्युटरको क्षमता पनि हास्यास्पद छ । आफ्नो जीवनलाई चेसको खेलको रूपमा सोच्नुहोस् । तपाईं चेस खेलको एक सानो भाग हुनुहुन्छ अनि परमेश्वरचाहिँ महान् खेलाडी हुनुहुन्छ । तपाईंलाई थाहा छैन तपाईंको अर्को चाल के हुनुपर्छ, तर परमेश्वरले पहिले नै अर्को २० करोड चाल योजना गरिसक्नुभएको छ । परमेश्वर भन्नुहुन्छ, मैले आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी दिइरहेको छु (यशैया ४६ :१०) । के तपाईं आफ्नो जीवनको लागि परमेश्वरको इच्छा जान्न संघर्ष गर्दैहुनुहुन्छ ? यहाँ सरल सत्यता छः तपाईं जहाँ गएको परमेश्वरले चाहनुहुन्छ तपाईंले त्यहाँ पुग्न चाहनुभएको भन्दा बढी परमेश्वरले तपाईं त्यहाँ पुगेको चाहनुहुन्छ । अनि यदि तपाईं पवित्र आत्मासँगै चल्नुहुन्छ भने, परमेश्वरले निश्चित गर्नुहुनेछ तपाईंलाई जहाँ गएको उहाँ चाहनुहुन्छ, तपाईं त्यहाँ पुग्नुहुन्छ ।सत्यता यो हो कि परमेश्वरले तपाईंको निम्ति सबै प्रबन्ध गर्नुभएको छ सत्यता बुभ्mनुले भरोसा सृजना गर्दछ ।

आत्मिक भोजनः जकरिया ५-८ लूका २३ :१-१२ भजन ३९ हितोपदेश २४ :२६-२८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...