‘म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डो¥याउनेछु ।’ —यशैया ४२:१६
कहिलेकहीँ परमेश्वरलाई पछ्यानुको अर्थ सुरक्षित र आकर्षक पेशा छोड््नु भन्ने हुन्छ । मोशाले दरबार छोडे, एलीशाले खेतबारी छोडे, याकूब र यूहन्नाले माछा मार्ने डुुंगा छोडे । तर कहिलेकहीँ, परमेश्वरलाई पछ्याउनु भनेको तपाईं जहाँ हुनुहुन्छ त्यहाँ बस्नु र उहाँले तपाईंलाई उहाँको राज्यको विस्तार गर्नको लागि दिनुभएका हरेक अवसरको सक्दो उपयोग गर्नु हो । जब दाऊद लडाइँबाट लुटका सामानहरू लिएर फर्के, तब उनका केही सिपाहीहरूले पछाडि बसेका साथीहरूसँग ती सामान बाँड्न चाहेनन् । तर दाऊदले भने, ‘तिनीहरूले गरेको प्रस्तावमा को सहमत हुन्छ ? मालसामान हेर्न बसेकाहरूले लडाइँमा जानेहरूकै बराबर हिस्सा पाउनेछन् । सबैले बराबर हिस्सा पाउनेछन्’ (१ शमूएल ३०:२४) । परमेश्वरको बारेमा तपाईंले खोज्नुपर्ने कुरा यही हो भने, ‘मलाई जान बोलाइएको छ कि बस्न ?’ अचम्मको कुरा छ कि तपाईंले भेट्नुहुने कति जना मानिसहरूले आफ्नो जीविकाको लागि उनीहरूले गर्ने काम मन पराउँदैनन् । उनीहरूले किन त्यो काम गर्छन् ? किनकि हामी सबैले जीविकोपार्जन गर्नुपर्छ । तर यदि परमेश्वरले तपाईंलाई कुनै फरक काम गर्न बोलाउनुभएको छ भने के हुन्छ ? तपाईंले अहिले गरिरहनुभएको काम छोडेर परमेश्वर तपाईंले अर्कै काम गरेको चाहनुहुन्छ भनी तपाईंले विश्वास गर्नुभएको काम सुरु गर्नु एउटा जोखिम हो । तपाईं त्यो नयाँ काममा सफल नहुन सक्नुहुन्छ । वा तपाईंले अपेक्षा गरेको रूपमा त्यो काम मन पर्दैन भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । वा त्यति धेरै पैसा कमाउनुहुन्न । तर सबैभन्दा ठूलो जोखिम चाहिँ परमेश्वरले तपाईंलाई जान बोलाउनुहुँदा पनि बसिरहनु हो । किन ? पछुतो ¤परमेश्वरले तपाईंलाई बोलाउनुभएको काम गर्न तपाईंले कहिल्यै प्रयत्न गर्नुभएन भन्ने कुरा थाहा पाउनु । तपाईंले भन्नुहोला, ‘मसँग धेरै अनुत्तरित प्रश्नहरू छन्, र मलाई थाहा नभएका धेरै कुरा छन् ।’ त्यसो हो भने, धर्मशास्त्रको यो खण्ड पढ्नुहोस्ः ‘तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ’ (यशैया ४२:१६) । यसकारण तपाईंले आफ्नो बोलावट अहिलेकै स्थानमा बस्ने हो वा नयाँ ठाउँमा जाने हो, निश्चय गर्नुपर्छ ।
आत्मिक भोजनः प्रस्थान ३३–३५ यूहन्ना ४:२७–३८ भजन ३२ हितोपदेश २७:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



