‘कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो ।’ —२ कोरिन्थी ५:१७
तपाईं आफ्नो बारेमा के परिवर्तन गर्न चाहनुहुन्छ ? तपाईं त्यसलाई कसरी परिवर्तन गर्नुहुन्छ ? यसलाई अर्को तरिकाले सोध्ने हो भने, तपाईंका पति÷पत्नीले तपाईंलाई के परिवर्तन गरेको चाहन्छन् ? सायद त्यसले थप स्पष्ट पार्नेछ । तपाईं कसरी यो वाक्य समाप्त गर्नुहुन्छ, ‘म यस्तै छु…’? सधैँ ढिलो ? उचित खानपिन नगर्ने ? गलत कुरा भन्ने ? क्रोधमा विष्फोेट हुने ? निराश हुने ? यर्मियाले यो कुरलाई यसरी व्यक्त गरेका छन्ः ‘के चितुवाले आफ्ने छालाका थोप्ला बद्लन सक्छ र ? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ’ (यर्मिया १३:२३) । तपाईंले भन्नुहोला, ‘मलाई आशा छैन ।’ होइन, यहीँबाट परमेश्वरको जीवन परिवर्तन गर्ने शक्तिले काम गर्न सुरु गर्छः ‘यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ’ (२ कोरिन्थी ५:१७) । हामीले आफ्नो जीवन ख्रीष्टमा समर्पित गरेपछि, हामी अब उस्तै रहँदै नयाँ जीवन सुरु भएको छ । त्यसकारण बाइबलले यसलाई ‘नयाँ जन्म’ भनेको छ । हामीले तत्कालै नयाँ स्वभाव साथै हामीभत्रि बास गर्नुहुने पवित्र आत्मा पाउँछौँ । शक्ति दिनका लागि एक जोडा ‘आत्मिक ब्याट्री’ उपलब्ध हुन्छन् ¤ यसले तापईको जीवनमा निकै महŒवपूर्ण भिन्नता ल्याउँछ । जसरी तपाईंको पहिलो जन्म तपाईंको जीवनको सुरुआत थियो, त्यसरी नै नयाँ जन्म पनि तपाईको निम्ति नयाँ जीवनको सुरुआत हो । अनि यसपछि रोमी १२ मा चित्रण गरिएको जीवनभरिको प्रक्रिया आउँछः ‘यस संसारको ढाँचामा नचल, तर आफ्ने मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक’। यसरी ख्रीष्टमा भएपछि आफ्नो मनमा नयाँ भई तपाईं नयाँ बन्न सक्नुहुनेछ ।
आत्मिक भोजनः १ राजा १५, मत्ती १८:१५–३५, भजन ९६, हितोपदेश ६:१२–१५
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



