तपाईंलाई परमेश्वरको सहायता चाहिन्छ

Apr 17, 2024

‘मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।’ —यूहन्ना १५:५

स्वयं सहायता बारेका पुस्तकहरू र उत्प्रेरक वक्ताहरू किनारामा उभिएर यसो भन्दै उत्साह दिने मानिसहरू जस्तै हुन्, ‘तपाईंले त्यो गर्न सक्नुहुन्छ ¤’ तिनीहरू सहायकसिद्ध हुन सक्छन्, तर ‘तपाईंले त्यो गर्न सक्नुहुन्छ’ भन्ने सिद्धान्त सधैं सत्य हुन्थ्यो भने, हामीलाई परमेश्वरको खाँचो पर्ने थिएन । पावलले यो कुरा बुझेका थिए । त्यसैकारण त उनले यस्तो लेखे, ‘जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु’ (फिलिप्पी ४:१३) । परमेश्वरको इच्छा पत्ता लगाउनको लागि असम्भव कुरामा विश्वास अनि उहाँमाथि बालकको जस्तो निर्भरता चाहिन्छ । बाइबलमा यस्ता धेरै व्यक्तिहरू छन् जसले उनीहरूको आफ्नै शक्तिमा साधारणतया असम्भव कामहरू गर्दा परमेश्वरको सिद्ध इच्छामा उनीहरूको नियति पत्ता लगाए । उदाहरणका लागिः १) नोआ र उनको असम्भव परियोजना । नोआलाई हातद्वारै युद्ध विमानहरू वसारपसार गर्न सक्ने ठूलो पानीजहाज बनाउने जिम्मा दिइएको थियो ¤ ३) अब्राहाम र उनको असम्भव प्रतिज्ञा । वर्षौंसम्म बाबु बन्ने प्रयत्नपछि नब्बे वर्षको उमेरमा, परमेश्वरले उनलाई भन्नुभयो कि उनका सन्तानहरू आकाशका तारा र समुद्रका बालुवा जत्तिकै धेरै हुनेछन् । ३) मरियम र तिनको असम्भव गर्भावस्था । आफ्नो हुनेवाला पतिलाई ‘म गर्भवती छु र बच्चाको बाबुचाहिँ पवित्र आत्मा हुनुहुन्छ ¤’ असाधारण कामहरू गर्नका लागि परमेश्वरले साधारण मानिसहरूलाई प्रयोग गर्नुभएको छ । ती प्रत्येक आफूभन्दा ठूलो कुनै कुरामा संलग्न बन्न बोलाइएका थिए । अनि परमेश्वरमा समर्पित भएको र उनीहरूमा उहाँका उद्देश्यहरू प्रकट हुन र उनीहरूद्वारा पूरा हुन अनुमति दिएको कारण, उहाँले उनीहरूलाई अचम्म तरिकाले चलाउनुभयो । उहाँले मात्रै गर्न सक्नुहुने काम हामीद्वारा गर्नुहुँदा परमेश्वर आनन्दित हुनुहुन्छ, ता कि उहाँले नै सारा महमिा, आदर र प्रशंसा प्राप्त गर्नुहोस् ।यसकारण असम्भव देखिने र महान् काम गर्न तपाईंलाई परमेश्वरको सहायता चाहिन्छ ।

आत्मिक भोजनः प्रेरित १:१–३:१० मर्कूस ३:७–१२ भजन ४३ हितोपदेश १०:१७–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...