जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् ।’ -यशैया ५५ :९
तपाईंले अरू सबै कुरालाई कसरी हेर्नुहुन्छ भन्ने परमेश्वरबारे तपाईंको आन्तरिक चित्रले निर्धारण गर्छ । हाम्रा अधिकांश समस्याहरू परिस्थितिजन्य छैनन्; तिनीहरू अवधारणात्मक छन्, हाम्रो सोचमा छन् । हामी हाम्रा ठूला समस्याहरूको जरो परमेश्वर को हुनुहुन्छ भन्नेबारे हाम्रो अपर्याप्त बुझाइमा पाउन सक्छौँ । परमेश्वर भन्नुहुन्छ, जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् ।’ एक लेखकले भनेका छन्ः खगोलविद्हरूले पृथ्वीबाट १ खरब २३ अरब प्रकाश-वर्ष टाढा रहेका आकाशगंगाहरू पत्ता लगाएका छन् । त्यो दूरीलाई सही दृष्टिकोणमा राख्नको लागि, यो तथ्यलाई विचार गर्नहोस् कि प्रति सेकेन्ड १८६,००० माइल यात्रा गर्ने प्रकाशलाई सूर्य र पृथ्वी बिचको ९ करोड ३० लाख माइल यात्रा गर्न आठ मिनेट मात्र लिन्छ । यसरी सूर्यको किरण आठ मिनेट मात्रै पुरानो छ । तर सबैभन्दा टाढाको आकाशगंगाबाट प्रकाश यहाँ आइपुग्न १ खरब २३ अरब प्रकाश-वर्ष लाग्छ । त्यो दूरी बुझ्नै सकिँदैन । अनि परमेश्वर भन्नुहुन्छ कि उहाँका विचार र हाम्रो विचार बिचको दूरी पनि त्यस्तै छ । तपाईंको सबैभन्दा राम्रो दिनमा परमेश्वरको बारेमा तपाईंको सबैभन्दा राम्रो विचार परमेश्वर कति महान् र कति असल हुनुहुन्छ त्योभन्दा एक खरब २३ अरब प्रकाश-वर्ष सानो छ …सायद अब परमेश्वरमा चार-आयामका सीमाहरू राख्न छोड्ने समय हो । सायद यो तपाईंको मस्तिष्कको आकारको बाकसमा परमेश्वरलाई राख्न छोड्ने समय हो । यो परमेश्वरलाई तपाईंको स्वरूपमा सृजना गर्न छोड्ने अनि तपाईलाई उहाँको स्वरूपमा सृष्टि गर्न दिने समय हो ।’ हामी जति वृद्धि हुन्छौं, परमेश्वर उति नै ठूलो बन्नुपर्छ । अनि परमेश्वर जति ठूलो बन्नुहुन्छ, हाम्रा समस्याहरू साना हुँदै जान्छन् । भजनकार, ओस्कर सि. एलिएसनले यस्तो लेखेका छन्ः के पार गर्न नसकिने कुनै नदी भेट्टनुभएको छ ? के वारपार गर्न नसक्ने कुनै पहाड भेट्नुभएको छ ? असम्भव ठानिएका कुराहरूमा परमेश्वर विशेषज्ञ हुनुहुन्छ । अरू कसैले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ ।’
आत्मिक भोजनः जकरिया ९-११ लूका २३ :१३-२५ भजन ३४ हितोपदेश २४ :२९-३१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


