तपाईंलाई परमेश्वरले रक्षा गर्नुभएको छ

Aug 27, 2024

जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ ।’ —भजन ९१:१

दोस्रो विश्वयुद्धको क्रममा बेलायतले हवाई आक्रमणबाट बच्ने शरणस्थानहरू निर्माण गरेको थियो । अक्सर एउटै सडकमा त्यस्ता शरणस्थानहरू धेरै थिए । चारैतिर बम खसिरहेको बेला एउटा त्यस्तो शरणस्थानमा उभिएको बारे एक जना पास्टरले बताएका छन् । आफ्नो छेउमा बस्ने मान्छेलाई हेर्दै उनले सोधे, ‘किन यो ठाउँमा सधैं भिडभाड हुन्छ तर अरू चाहिँ खाली हुन्छन् ?’ तिनले जवाफ दिए, ‘पास्टर, हामी सबैलाई थाहा छ कि तपाईं परमेश्वरका जन हुनुहुन्छ । यदि उहाँले कसैलाई बचाउनुहुनेछ भने, उहाँले तपाईंलाई बचाउनुहुनेछ । त्यसैले हामी यहाँ छौं ।’ पछिबाट यसको बारेमा सोच्दै, ती पास्टरले भने, ‘ती धेरै मानिसहरू चर्च जाँदैनथे, र येशूको नाम तिनीहरूको शब्दावलीमा हल्का रूपमा प्रयोग गरिने शब्द थियो । तिनीहरूले उहाँको सुरक्षा चाहन्थे, तर उहाँको प्रभुत्व होइन ।’ यसरी बाँच्न इन्कार गर्नुहोस् ¤ आफ्नो जीवन परमेश्वरमा समर्पण गर्नुहोस् र आफ्नो सम्पूर्ण जीवनभरि दिनको चौबीस घण्टा, हप्ताको सात दिन, वर्षको बाउन्न हप्ता नै उहाँको सुरक्षामा रहनुहोस् । ‘जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ । परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछ ।” निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढीबाट बचाउनुहुनेछ । उहाँले तिमीलाई आप्mना प्वाँखहरूले छोप्नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ…तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उडेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ । एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन’ (भजन ९१:१–७) ।आज यो कुरा बुभ्mनुहोस् कि तपाईं परमेश्वरको शरणस्थानमा सुरक्षित हुनुहुन्छ ।

आत्मिक भोजनः २ इतिहास २५–२८ लूका १७:११–१९ भजन ११९:१२९–१३६ हितोपदेश २२:८–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...

Passing the Blessing on in Ba

Passing the Blessing on in Ba

The testimony below is from Tomu, the station manager at Life FM Fiji, who shared about the distribution of The Word for Today in the province of...