‘हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् ।’ —रोमी ८:१८
तपाईंलाई यसको लागि इनाम दिइनेछ१८५७ मा अफ्रिाकाका लागि ब्रिटिस मिसनरी डेभिड लिभिङस्टोनले क्याम्ब्रिज विश्वविद्यालयमा यस्तो भाषण दिएः ‘मानिसहरूले अफ्रिकामा मेरो जीवनको धेरै समयमा बिताएर गरेको बलिदानको बारेमा कुरा गर्छन्…यस्तो दृष्टिकोण र यस्तो विचारका भाषा हटाइदिउँ स्पष्ट रूपम, यो कुनै बलिदान होइन । बरु यो एक विशेषाधिकार हो भन्नुहोस् । अहिले चिन्ता, रोग, पीडा, वा जोखिमहरू अनि यस जीवनका सुख सुविधाहरूको आकर्षणले हामीलाई रोक्न सक्छन् अनि आत्मालाई डगमगाउन र प्राणलाई निराश बनाउन सक्छन् । तर यो एकै क्षणको लागि मात्र होस् । हामीमा र हाम्र्रो लागि प्रकट हुने महिमासँग तुलना गर्दा यी सबै केही पनि होइनन् । यसरी हेर्ने हो भने, वास्तवमा मैले कहिल्यै बलिदान गरिनँ ।’ जब तपाईं प्रभुको सेवा गर्नुहुन्छ, तपाईं जहिल्यै पनि तपाईंले त्यागेको भन्दा बढी फिर्ता पाउनुहुन्छ र यदि तपाईंले त्याग गरेको भन्दा बढी फिर्ता पाउनुभयो भने, के तपाईंले साँच्चै केही बलिदान गर्नुभएको हो र ? ‘पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले सबै छोड्यौं, र तपाईंको पछि लागेका छौं ।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी–बहिनी वा आमा–बुबा वा छोरा–छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढी घर, दाजुभाइ, दिदी–बहिनी, आमा, छोरा–छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन”’ (मर्कूस १०:२८–३०) । आफ्नो जीवनको अन्त्यमा तपाईंको एक मात्रै पछुतो यही हुनेछ कि तपाईंले परमेश्वरलाई अझै धेरै खोज्नु र सेवा गर्नुभएन अनि अझै चाँडै उहाँलाई खोज्नु र सेवा गर्नु भएन ।यसकारण यस जीवनका सारा कष्ट भुलेर परमेश्वरको सेवा गर्नु हाम्रो लािग अनन्त इनामको योग्य छ ।
आत्मिक भोजनः उपदेशक ५–८ यूहन्ना ११:३८–५७ भजन ८१ हतोपदेश ३०:११–१४
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



