तपाईंले कि त आफ्नो बोलावट चुन्नुहुन्छ कि त सुविधा

Dec 4, 2024

‘तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे ।’ —उत्पत्ति ११:३१

बाइबलले भन्दछ, ‘तेरहले आफ्ना छोरा अब्रामलाई…साथमा लिएर कल्दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के । तर तिनीहरू हारानमा पुगेपछि त्यहीँ नै बसोबास गरे’ (पद ३१) । एक जना ख्रीष्टियन लेखकले लेखेका छन्ः ‘तेराह अब्रामसँगै कनानको यात्रामा गए, तर त्यसपछि उनी रोकिए…तेरह र उनको परिवारले आफ्नो कथा उरमा सुरु गरे, जुनचाहिँ धन र शिक्षाको ठूलो केन्द्र र मूर्तिहरूको देश थियो । त्यसपछि तिनीहरू त्यो बाटोमा यात्रा सुरु गर्छन्, जुन हारान सहरहुँदै कनानमा जान्छ… अब्रामका बाबु तेरहको लागि हारानमै बाटो समाप्त हुन्छ । बाइबलका अन्य खण्डहरूबाट हामीले थाहा पाउँछौं कि हारान उर जस्तै शहर थियो । त्यहाँ प्रशस्त धनसम्पत्ति थियो । त्यहाँ मूर्तिहरू थिए । यहाँ के हुँदैछ ? यसो हुन सक्थ्यो… सायद तेरहले सोच्दैथिए, “यदि म योभन्दा धेरै टाढा गएँ भने, मैले मेरा सबै थोक गुमाउन सक्छु । निश्चय नै, मैले मेरा मूर्तिहरू त्याग्नुपर्छ ।” त्यसैले उनले आराम रोजे । तर अब्रामले आफ्नो बोलावटलाई स्वीकार गर्ने छनोट गरे ।’ त्यो तपाईंले पनि गर्नुपर्ने छनोट हो । अनि तपाईंले बारम्बार यस्तो छनोट गर्नुपर्छ । तपाईंका परिस्थितिहरू परिवर्तन हुँदैजाँदा, र तपाईंको जीवनका ऋतुहरू अगि बढ्दैजाँदा, तपाईंले परमेश्वरसँग अज्ञात क्षेत्रमा हिंड्ने वा आपूmलाई थाहा भएको कुराको सुरक्षामै सीमित बस्ने भन्ने निर्णय गर्नुपर्नेछ । तेरह बिचमै बसेý अब्राम अगि बढे । तपाईंले के गर्नुहुनेछ ? परमेश्वरको प्रेम र अनुग्रहको योग्य बन्न तपाईंले केही गर्नुपर्दैनý ती त दान हुन् । तर परमेश्वरको आशिष्मा हिंड्नको लागि, तपाईंले आफ्नो आरामभन्दा आफ्नो बोलावटलाई रोज्नुपर्छ ।यसकारण आज चुनौती यो छः तपाईं आफ्नो ईश्वरीय बोलावट चुन्नुहुन्छ कि क्षणिक सुख सुविधा ?

आत्मिक भोजनः उत्पत्ति ३०:२५–३१:५५ यूहन्ना १५:१८–२७ भजन ६५ हितोपदेश ३१:२५–२७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...

Laef FM Luganville is on Air

Here is a quick video update from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Luganville, hear from Moses in...

Hog Harbour is on Air

Hog Harbour is on Air

Here is a quick video updates from Grant as he was traveling around Vanuatu fixing and installing the new station in Hog Harbour.  ...