‘उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए ।’ —लूका २:४४
बाइबलले यसो भन्दछः ‘उहाँका आमा–बुबा निस्तारचाडमा प्रतिवर्ष यरूशलेम जाने गर्थे । जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार यरूशलेममा जानुभयो । चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो । योचाहिँ उहाँका आमा–बुबाले थाहा पाएनन् । उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए । उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बिचमा खोजे, तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के । तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बिचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनुभएको भेट्टाए । सुन्नेहरू सबै उहाँको समझ–शक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे’ (पद ४१–४७) । यी शब्दहरूमा ध्यान दिनुहोस् ‘येशू यरूशलेममै रहनुभयो । योचाहिँ उहाँका आमा–बुबाले थाहा पाएनन् । उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर… ।’ त्यसपछि उहाँलाई भेट्टाउन तिनीहरूलाई तीन दिन लाग्यो ¤ यहाँ तपाईंको लागि एउटा शिक्षा छ । परमेश्वरको उपस्थितिको त्यो विशेष अनुभूति गुमाउनु फिर्ता पाउनुभन्दा सजिलो छ । तपाईंले आफ्नो दिनभरिको काममा प्रभुलाई समावेश गर्नुभएको छैन वा तपाईंका योजनाहरूको बारेमा उहाँसँग परामर्श गर्न समय लिनुभएको छैन भन्ने थाहा नपाइकनै बरालिनु र आफ्नै काम गर्नु सजिलो छ । परमेश्वरको उपस्थितिको भावनालाई कायम राख्ने तरिका भनेको तपाईंले गर्नुहुने सबै कामहरूमा उहाँलाई योजनाबद्ध रूपमा समावेश गर्नु हो । येशूले यस्तो प्रतिज्ञा गर्नुभएको छ, ‘जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं’ (यूहन्ना १४:२३) ।यसकारण आफ्नोसबै काममा येशूलाई समावेश गर्नु नै उहाँको उपस्थिति महसुस गर्ने निश्चित उपाय हो ।
आत्मिक भोजनः १ इतिहास ६:१–७:१९ लूका १२:१–१२ भजन ११९:९–१६ हितोपदेश २०:१९–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



