हेर, म एउटा नयाँ कुरो गर्दैछु ।’ —अय्यूब २२:२७
जब परमेश्वरले हामीलाई कुनै प्रतिज्ञा गर्नुहुन्छ, उहाँले त्यो पूरा गर्नुहुनेछ भनी अपेक्षा गर्न हामीलाई अधिकार हुन्छ । अनि जब हामीले परमेश्वरलाई कुनै प्रतिज्ञा गर्छौं, उहाँसँग पनि हामीले त्यो पूरा गर्नेछौं भनी अपेक्षा गर्ने अधिकार छ । ‘तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्नुहुनेछ, र तपाईंले आफ्नोभाकल पूरा गर्नुहुनेछ । तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्योति चम्कनेछ’ (पद २७–२८) । धर्मशास्त्रको यो खण्ड तपाईंको आशिष्को लागि ढोका र तपाईंले प्रार्थना गरिरहनुभएको सफलताको चाबी हुन सक्छ । फर्केर जानुहोस् र तपाईंले परमेश्वरलाई गर्नुभएका प्रतिज्ञाहरू फेरि हेर्नुहोस् । किन ? किनकि तपाईंले उहाँप्रति विश्वस्त भएको उहाँ चाहनुहुन्छ । ‘प्रिय हो, यदि हाम्रो ह्दयले हामीलाई दोषी ठहराउँदैन भने, हामी परमेश्वरमा भरोसा राख्छौं। र हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं, किनकि हामी उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा मनपर्ने कामहरू गर्छौं’ (१ यूहन्ना ३:२१–२२) । अब कुनै बहाना छैन । तपाईं के हुनुहुन्छ र तपाईं के बन्न सक्नुहुन्छ भन्नेबारे जिम्मेवारी स्वीकार गर्नुहोस् । यस्तो प्रार्थना गर्ने हिम्मत गर्नुहोस्ः ‘हे प्रभु, मैले धेरै सानो सपना देखेँ र त्यो सपना साकार भयो भने मलाई विचलित बनाउनुहोस् । म सुरक्षित रूपमा आइपुग्दा मलाई बाधा दिनुहोस्, किनकि म किनारको धेरै नजिकै रहेर, सुरक्षित बनेर यात्रा गरेँ । जब मैले प्राप्त गरेको थोकहरूले तपाईंप्रति मेरो थप तिर्सना गुम्ने तुल्याउँछ, तब मलाई विचलित बनाउनुहोस् । यदि मैले सफलता हासिल गर्दा, उत्कृष्ठताको मेरो चाहना गुम्छ भने, मलाई विचलित बनाउनुहोस् । जब म धेरै चाँडै हार मान्छु र तपाईंले मेरो जीवनको लागि निर्धारण गर्नुभएका लक्ष्यहरू भन्दा धेरै तल सन्तुष्ट बन्छु, तब विचलित अशान्त बनाउनुहोस्’ (लेखक अज्ञात) । अगाडि बढ्नको लागि, तपाईंले पछाडि जानु अनि तपाईं र प्रभुको बिचमा सबै थोक ठिकठाक बनाउनुपर्ने हुनसक्छ । यदि त्यसो हो भने त्यसै गर्नुहोस् ¤
आत्मिक भोजनः यूहन्ना १०:१–१८ प्रकाश ७:१३–१७ भजन २३ लूका १५:१–७
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



