मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ ।’ —१ कोरिन्थी १०:१३
धर्मशास्त्रमा शैतानलाई ‘परीक्षा गर्ने’ र ‘दोष लगाउने’ भनिएको छ । पहिले, उसले तपाईंलाई परीक्षा गर्नेछ, र जब तपाईं असफल बन्नुहुन्छ तब उसले तपाईंलाई दोष लगाउनेछ । तपाईंले परमेश्वरको नजरमा आपूmलाई मूल्यहीन र अयोग्य भएको महसुस गरेको उसले चाहन्छ । तर तपाईं त्यस्तो हुनुहुन्न ¤ ‘किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं’ (हिब्रू ४:१५–१६) । जब तपाईं असफल बन्नुहुन्छ, तपाईं विश्वाससाथ परमेश्वरकहाँ जान सक्नुहुन्छ, उहाँले तपाईंलाई क्षमा मात्रै दिनुहुनेछैन तर अर्को पटक परीक्षा आइपर्दा त्यसमाथि विजयी हुन मदत गर्न सक्षम तुल्याउने अनुग्रह प्रदान गर्नुहुन्छ । हामी सबैले परीक्षाको सामना गर्छौं; यो जीवनको अपरिहार्य भाग हो । धेरै वर्षदेखि प्रभुसँग हिँडेका विश्वासीहरूले पनि यसको सामना गर्छन् । तिनीहरूको परीक्षाका क्षेत्रहरू तपाईंको भन्दा फरक हुन सक्छन्, तर शैतानले हामीमध्ये कसैलाई पनि छुट दिँदैन । तथापि, तपाईंले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ । यसमाथि विजय पाउनका लागि एउटा पहिलो चरणचाहिँ सही कुरा भन्न सुरु गर्नु हो । बाइबलले भन्दछ, ‘जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ’ (हितोपदेश १८:२१) । तपाईंका शब्दले तपाईंले बोल्नुभएका कुरालाई जीवन दिन्छन् । त्यसकारण परमेश्वरको वचन बोल्न सुरु गर्नुहोस् । येशूले भन्नुभयो, ‘मैले तिमीहरूलाई…शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन’(लूका १०:१९) । आज त्यो प्रतिज्ञा दावी गर्नुहोस किनकि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा गर्नको लागि उहाँले तपाईंलाई शक्ति पनि दिनुहुनेछ ।यसरी परमेश्वरका प्रतिज्ञा स्वीकार र घोषणा गरेर तपाईंले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ ।
आत्मिक भोजनः एज्रा ९–१० लूका १०:२५–३७ भजन ७८:१७–३१ हितोपदेश १९:२७–२९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



