मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ ।’ —१ कोरिन्थी १०:१३
एम्प्लिफाइड बाइबल क्लासिक संस्करणले यसो भन्दछः ‘यसकारण जसले खडा छु भनी सोचेको छ, (जसले आफ्नोमन स्थिर छ र बलियो गरी उभिएको छु भन्ने ठान्छन त्यो होसियार रहोस्, नत्रता त्यो लड्नेछ । मानिसलाई आइपर्ने (अर्थात् मानिसले सामना गर्न सक्ने अनि मानवीय अनुभवसँग परिचित ) परीक्षाबाहेक (पाप गर्न लगाउने जाँच चाहे त्यो जसरी आओस् वा त्यसले जता लगोस्) तिमीहरू अरू परीक्षामा परेका छैनौ । तर परमेश्वर विश्वासयोग्य (उहाँको वचन र उहाँको कृपालु स्वभावप्रति) हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो (सुरक्षित अवतरण गर्ने माध्यम) पनि दिनुहुन्छ । यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ’ (१ कोरिन्थी १०:१२–१३) । यहाँ ‘उम्कने’ भन्ने शब्दहरूले तपाईंलाई परीक्षाबाट छुट दिने प्रतिज्ञा गर्दैनन् । शैतान, जसलाई ‘परीक्षा गर्नेभनिन्छ, कहिल्यै हार मान्दैन वा एकै दिन बिदामा बस्दैन । तर परमेश्वरको लक्ष्य तपाईं जहाँ कमजोर हुनुहुन्छ तपाईंलाई त्यहीँ बलियो बनाउनु हो, यसकारण तपाईंलाई उहाँको प्रतिज्ञा छ कि ‘तपाईं सक्षम र बलियो बन्न सक्नुहुन्छ कि धैर्यपूर्वक सहन सक्नु हुन्छ ।’ अगि बढिरहनुहोस् ¤ जब तपाईं प्रभुमा बलियो बन्दैजानुहुन्छ, तपाईंले संघर्ष गरिरहनुभएका परीक्षाहरू पनि क्रमशः कमजोर हुँदै जानेछन् र तिनीहरूले आफ्नो आकर्षण गुमाउने छन् अनि तपाईं विजयमा जिउन थाल्नुहुनेछ ।यसरी होसियार रहेर अनि परमेश्वरमा भर परेर तपाईंले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ ।
आत्मिक भोजनः १ यूहन्ना १:१–३:१० लूका १०:३८–४२ भजन ७८:३२–३९ हितोपदेश २०:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



