किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ ।’ —हिब्रू २:१८
यदि तपाईं परीक्षामाथि विजय पाउनेबारे गम्भीर हुनुहुन्छ भने, तपाईंले गर्नैपर्ने पाँच वटा काम यहाँ छन्ः (१) छनोटहरू गर्नुअगि ती छनोटहरू र परिणामहरूबारे सोच्नुहोस् । बुद्धिले सधैं अगाडि हेर्छ । (२) तपाईंले परीक्षाको प्रतिरोध गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्नुहोस्—किनकि तपाईंले सक्नुहुन्छ । ‘मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजयी भएका छौ । किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ’ (१ यूहन्ना ४:४) । (३) तपाईंले पहिले परीक्षामा पर्दा कस्तो महसुस गर्नुभयो सम्झनुहोस् । दोष, निन्दा, लाज । यी शैतानका मनपर्ने हतियारहरू हुन् । जब तपाईं तिनीहरूसामु हार मान्नुहुन्छ, फेरि खडा हुन कठिन हुन्छ । (४) आफूलाई सजिलै लड्न सक्ने अवस्थामा नराख्नुहोस् । यदि तपाईं आफ्नो रूपैयाँपैसाको प्रबन्ध गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, बजारतिर नजानुहोस् वा तपाईं केही किन्न सक्नुहुन्न भने अनलाइन किनमेल नगर्नुहोस् । यदि तपाईं अश्लील सामग्रीसँग संघर्षरत हुनुहुन्छ भने, तपाईंको जीवनबाट यसको स्रोतलाई हटाइदिनुहोस् । (५) प्रत्येक विजयको उत्सव मनाउनुहोस्, तर यसको श्रेय परमेश्वरलाई अवश्य दिनुहोस् । तपाईं परीक्षामा नपर्ने अवस्थामा कहिल्यै पुग्नुहुने छैन । तपाईं लड्नुहुनेछैन भन्ने ठान्न सजिलो छ, तर जब त्यसो हुन्छ, तपाईंले आफैलाई शत्रुको लागि एक सजिलो निसाना बनाउनुहुन्छ । तपाईंको जीवनको हरेक क्षेत्रमा विजयको लागि तपाईंले उहाँमा भरोसा गरेको परमेश्वर चाहनुहुन्छ । भेडाहरू प्रतिरक्षाविहीन जनावरहरू हुन्; तिनीहरूसँग लड्ने क्षमता हुँदैन । जब तिनीहरू बगालबाट टाढा जान्छन्, तिनीहरूलाई ब्वाँसोले खाइदिन्छ । त्यसकारण, गोठालोको नजिक रहनुमै तिनीहरूको सुरक्षा छ भन्ने कुरा तिनीहरूले सिकेका छन् । अनि त्यही कुरा तपाईंको लागि पनि लागु हुन्छ । यहाँ एउटा प्रतिज्ञा छ जसमा आज तपाईं खडा हुन सक्नुहुन्छः ‘भक्तलाई परीक्षाबाट बचाउन प्रभु जान्नुहुन्छ’ (२ पत्रुस २:९) ।यसरी प्रभुको नजिकै रहेर तपाईंले परीक्षामाथि विजय पाउन सक्नुहुन्छ ।
आत्मिक भोजनः यूहन्ना १:१–१४ मत्ती ४:१२–१६ मत्ती ५:१४–१६ प्रेरित ९:१–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024