‘ख्रीष्टमा म सबै थोक गर्न सक्छु ।’—फिलिप्पी ४:१३
तपाईंले यो काम गर्न सक्नुहुन्छ शैतानको एउटा मनपर्दो रणनीति भनेको चाहिँ तपाईं कुनै पनि महत्त्वपूर्ण काम सम्पन्न गर्न अक्षम हुनुहुन्छ भन्ने कुरा तपाईंलाई अनुभूति गराउनु हो । तपाईंले प्रयत्न गर्नुहुँदा समेत, असफलताको डरले तपाईंलाई कमजोर गराओस् भनी त्यसले तपाईंलाई तपाईंको विगतका गल्तीहरूको सम्झना गराउनेछ । यसलाई सामान्यतया ‘असफलताको रोग’ भनेर चिनिन्छ । शैतानले तपाईंलाई आफैप्रति यति खराब महसुस गराउन चाहन्छ कि तपाईंमा कति पनि साहस रहँदैन । तर तथ्य के हो भने तपाईंलाई आफैमा भरोसा राख्नु आवश्यक छैन– तपाईंले त तपाईंभित्र वास गर्नुहुने परमेश्वरमा भरोसा राख्नुपर्छ त्योविना, तपाईं त्यो हवाईजहाज जस्तै हुनुहुन्छ जुन इन्धनविना धावनमार्गमा अडिएर रहेको हुन्छ । तपाईं हेर्दा त राम्रै देखिनुहुन्छ, तर तपाईंसँग कुनै शक्ति हुँदैन । यो कुरा सुन्नुहोस्ः ख्रीष्टद्वारा तपाईंसँग त्यो काम गर्ने शक्ति हुन्छ जुन काम तपाईं आफैले कहिल्यै गर्न सक्नुहुने थिएन । यो सत्यता सिक्नुभएपछि, शैतानले तपाईंलाई कुनै पनि समय ‘तैँले केही पनि असल काम गर्न सक्दैनस्’ भन्दा, तपाईंको प्रतिक्रिया यस्तो हुनेछ ‘सायद हुनसक्छ, तर ममा वास गर्नुहुने येशूले सक्नुहुन्छ र उहाँले त्यो काम गर्नुहुनेछ कारण म उहाँमा भर परेको छु, आफैमा होइन । उहाँको वचनले भन्छ कि मैले हात हालेको जुनसुकै काममा पनि म सफल हुनेछु’ (हेर्नुहोस् यहोशू १:७) । तपाईंको शत्रु शैतानले तपाईंलाई ‘तँ यो काम गर्न सक्दैनस्, यसैकारण कोसिस पनि नगर पहिलेको जस्तै तँ फेरि असफल हुनेछस्’ भन्छ भने, तपाईंको प्रतिक्रिया यस्तो हुनुपर्छः ‘हो, येशूविना म केही पनि गर्न सक्दिनँ । तर उहाँसँग र उहाँमा म आपूmले गर्नुपर्ने सबै थोक गर्न सक्छु ।’ यी शब्दहरू पढ्नुहोस्, यिनलाई आफ्नो ह्दमा राख्नुहोस् र आज यिनमाथि खडा हुनुहोस्ः ‘ख्रीष्टमा म सबै थोक गर्न सक्छु जसले मलाई शक्ति दिनुहुन्छ (मलाई भित्री शक्ति दिनुहुनेद्वारा म कुनै पनि काम गर्न तयार छु, ख्रीष्टको सम्पन्नतामा सम्पन्न छु) ।’ तपाईंको निम्ति आजको वचन छः तपाईंले यो काम गर्न सक्नुहुन्छ
आत्मिक भोजनः यशैया ३४–३७ यूहन्ना ७:२५–४४ भजन १०४:२४–३५ हितोपदेश २८:९–१२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



