‘हाम्रा प्रभुको अनुग्रह र ज्ञानमा बढ्दै जाओ ।’ —२ पत्रुस ३:१८
जब पत्रुसले डुंगाबाट बाहिर निस्कन र पानीमा हिँड्न सक्ने गरी विश्वास गरे, उनी डुब्नपुगे र अरू चेलाहरू भन्दा खराब जस्ता देखिए । जब उनले येशूलाई बचाउन खोजे, उनले एक जना मानिसको कान काटिदिए । जब उनले वफादार हुने वाचा गरे, उनी पूर्ण रूपमा विफल भए । जब उनले येशूलाई सल्लाह दिन खोजे, उनी शैतानको वकिल बने (मत्ती १६:२२–२३ हेर्नुहोस्) । अन्ततः उनी चर्चका अगुवा बने– तर उनी असल हुनुअगि खराब जस्ता देखिए । अनि उनको व्यवहारले येशूलाई कत्ति पनि अचम्भित वा निरुत्साहित बनाएन । इमान्दारीपूर्वक वृद्धि हुन खोजिरहेको उहाँको अनुयायीलाई उहाँले कहिल्यै सहायता गर्न छोड्नुहुने छैन । उहाँले हामीलाई सधैँ वृद्धिमा अगाडि बढाउनुहुनेछ । तर वृद्धिका लागि जोखिम चाहिन्छ, अनि कहिलेकहीँ जोखिम असफलता हो । येशूलाई त्यो थाहा छ, तर कुनै विद्यार्थी असफल भयो भन्दैमा उहाँले उसलाई कहिल्यै त्याग्नुहुन्न । उदाहरणका लागि, यदि तपाईंले सामना गर्नुपर्ने मानिसहरूको सामना गर्नुभएको छैन भने, तपाईंले त्यसो गर्न सुरु गर्दा सायद त्यति राम्ररी गर्नुहुनेछैन । यदि तपाईंले मानिसहरूलाई प्रोत्साहन गर्नुभएको छैन भने, तपाईंका प्रारम्भिक प्रयत्नहरू त्यति प्रभावकारी नहुन सक्छन् । यदि तपाईंले आÇनो विश्वास कहिल्यै बाँडचुँड गर्नुभएको छैन भने, तपाईंले पहिलो पटक त्यसो गर्नुहुँदा, तपाईं अलमलिन सक्नुहुन्छ । अगि बढ्नुहोस् र असफल हुनुहोस् ¤ लड्नु नै असफलता होइन† प्रयास गर्न इन्कार गर्नुचाहिँ असफलता हो । एकजना मानिसले आÇनो पास्टरलाई यसो भन्यो, ‘यदि म परमेश्वर भएको भए, मजस्तो कसैलाई सहने थिइनँ ।’ पास्टरले जवाफ दिए, ‘त्यसोभए खुशी हुनुहोस् कि तपाईं परमेश्वर हुनुहुन्न, र म पनि दोब्बर खुशी हुनेछु– नत्रता हामी दुबै नष्ट हुनेथियौँ ।’ जबसम्म तपाईं परमेश्वरको लागि भोको हुनुहुन्छ, उहाँले तपाईंसँग र तपाईंमा काम गर्नुहुनेछ । अनुग्रहमा हुर्कनु भनेको बाल्यकाल, किशोरावस्था र परिपक्वताका चरणहरूमा आत्मिक रूपमा बढ्दै जानु हो । त्यसकारण, आफ्नै बारेमा हार नमान्नुहोस्, किनकि परमेश्वरले पनि तपाईंलाई त्याग्नुहुनेछैन ¤
आत्मिक भोजनः हेशे ११–१४ मत्ती २६:५७–७५ भजन १३ हितोपदेश ८:१४–१६
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


