तपाईं कस्तो प्रकारको छिमेकी हुनुहुन्छ ?

Sep 25, 2024

तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो ?’ -लूका १० :३६

येशूले एक जना यहूदी यात्रीको कथा बताउनुभयो जसलाई लुटियो, पिटियो र यरीहोको बाटोमा मर्नका लागि छोडियो । सेवाकार्यमा संलग्न दुई जना यहूदीहरू उसलाई सहायता नगरी बाटो काटेर गए । त्यसपछि एक जना सामरीले उसलाई बचायो । यहूदीहरूले सामरीहरूभन्दा बढी कुनै पनि जातिलाई घृणा गर्दैनथिए । तिनीहरूलाई यहूदी सभाघरहरूमा खुलेआम श्राप दिइन्थ्यो र मन्दिरमा आरधाना गर्नबाट ब्ञ्चित गरिन्थ्यो । यो सामरीले के गर्छ त्यो अविश्वसनीय छ । उसले आफ्ना सबै स्रोतसाधनहरू- व्यक्तिगत लुगा, तेल, दाखमद्य, आफ्नो समय, पशु, पैसा र शक्ति- सम्भव भएसम्म उत्तम तरिकाले यो यहूदी मानिसको हेरचाहका लागि प्रयोग गर्छ । त्यसपछि उसले आफ्नो ज्यान जोखिममा पारेर घाइते मानिसलाई यहूदी क्षेत्रमा रहेको पौवामा ल्याउँछ । यो सबै भन्दामाथि, उसले त्यो पौवाको मालिकलाई त्यो मानिसको धेरै दिनको खाना र कोठाको लागि पैसा तिर्छ र उसले तिर्नुपर्ने केही भएमा फर्केर आउँदा तिर्ने वाचा गर्दछ । यो महत्त्वपूणर् थियो किनभने आफ्नो ऋण तिर्न नसक्ने जो कोहीलाई पौवाका मालिकले दासको रूपमा बेच्न सक्थे ताकि तिनीहरूले ऋणको पूरै भुक्तानी प्राप्त गर्न सकून् । येशूले आफ्नो कथा यी शब्दसाथ समाप्त गर्नुहुन्छः तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो ?’ कुनै पनि कानूनले तपाईंलाई असल छिमेकी बन्न लगाउने छैन तर ख्रीष्टको प्रेमले मात्रै । कुरा बुभ्mनु भयो, छिमेकीलाई रंग वा धर्मले चिनिँदैन, छिमेकीलाई नजिकको आवश्यकताले चिनिन्छ । यसकारण, यहाँ तपाईंले गर्नै पर्ने एउटा प्रार्थना छ : हे प्रभु, खाँचोमा परेको छिमेकीलाई चिन्न र सहायता गर्न मलाई साहस दिनुहोस् ।’ उहाँले यस्तो प्रार्थनाको जवाफ दिनुहुनेछ त्त्

आत्मिक भोजनः जकरिया १२-१४ लूका २३ :२६-३४ भजन ५२ हितोपदेश २४ :३२-३४

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...