तपाईं चिन्ताभन्दा माथि उठ्न सक्नुहुन्छ (१)

May 17, 2024

‘फिक्री नगर…तिमीहरूका सबै खाँचोहरू पूरा गरिनेछन् ।’ —मत्ती ६:३३

चाइनाका लागि मिसनरी ग्ल्याडिस एवार्डले भनेकी छिन्, ‘माथि आकाशमा उड्ने चिलले कसरी नदीहरू पार गर्ने भन्ने चिन्ता गर्दैन ।’ तपाईं चिन्ताबाट बच्न सक्नुहुन्न† यो विभिन्न दिशाबाट र विभिन्न रूपहरूमा तपाईंकहाँ आउनेछ । तर चिलजस्तै, तपाईं यसभन्दा माथि उठ्न सक्नुहुन्छ । येशूले भन्नुभयोः ‘यसैकारण म तिमीहरूलाई भन्दछु, “के खाउँला, के पिउँला” भनी आफ्नो प्राणको निम्ति र “के लगाउँला” भनी आफ्नो शरीरको निम्ति फिक्री नगर…आकाशका चराचुरुंगीलाई हेर । तिनीहरूले न त बिउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तिनीहरूभन्दा, बढी मूल्यवान् छैनौ र ? तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ ? अनि लुगाफाटाका निम्तिी तिमीहरू किन फिक्री गर्दछौ ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन् । तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन् ।तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन् । आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढी उहाँले पहिराउनुहुनेछैन र ? यसकारण “के खाऔंला ?” कि “के पिऔंला ?” कि “के पहिरौंला?” भनेर फिक्री नगर । किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ । तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन् । यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ । आजको दुःख आजको निम्ति पर्याप्त छ”’ (पद २५–३४) ।आज धर्मशास्त्रको यस खण्डलाई मनन गर्नुहोस्, र फिक्री नगर्नु भन्ने प्रभुको आदेशको अर्थ बुझेर सोहीअनुसार जिउन सुरु गर्नुहोस् ।

आत्मिक भोजनः १ पत्रुस १–५ मर्कूस ९:१४–२९ भजन ४९ हितोपदेश १२:२०–२२

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...