तपाईं चिन्ता फिक्रीभन्दा माथि उठ्न सक्नुहुन्छ (२)

May 18, 2024

‘परमेश्वरमा भरोसा राख ।’ —हितोपदेश ३:५

जब तपाईंले आफ्नो चिन्ताको इमानदारीपूर्वक मूल्यांकन गर्नुहुन्छ, तपाईंले आफैलाई यी काम गरिरहनुभएको पाउनुहुनेछः (१) परमेश्वर तपाईंका मित्र हुनुहुन्छ भन्ने कुरा बिर्सने । भजनकारले भनेका छन्, ‘परमप्रभु उहाँको भय मान्नेहरूका मित्र हुनुहुन्छ’ (भजन २५:१४) । परमेश्वरसँगको मित्रता उहाँसँग तपाईंको जीवनका अनुभवहरू साझा गरेर निर्माण हुन्छ— हरेक गतिविधि, हरेक कुराकानी, हरेक समस्या, र हरेक विचार । जब तपाईं त्यसो गर्नुहुन्न, तपाईं उहाँको उपस्थितिको बारेमा अनजान हुनुहुन्छ, उहाँको आवाजलाई बेवास्ता गर्नुहुन्छ, उहाँको सुधारको प्रतिरोध गर्नुहुन्छ, र उहाँको समयअनुसार चल्नुहुन्न । अनि जब तपाईं त्यसरी जिउनुहुन्छ, त्यहाँ एउटा अपरिहार्य परिणाम निस्कन्छ– चिन्ता फिक्री ¤ (२) तपाईंले गर्न नहुने काम जिम्मा लिने । पिटर मार्शलले यस्तो प्रार्थना गरेः ‘पिता…हामी डर र शंका, थकान र अधीरतामा फस्ने गरी धेरै कुरामा संलग्न बन्ने हाम्रो चहना रोकिदिनुहोस्, नत्र त्यसले हामीलाई कमजोर तुल्याउनेछ । त्यसले हाम्रो मनको शान्ति खोस्छ, त्यो नीलो आकाशलाई खरानी रंगको बनाउँछ, त्यसले गीतलाई हाम्रो ह्दयभित्रै दबाइदिन्छ ।’ तपाईंले आफ्नो बाहिरी छबि कायम राख्नको लागि अनावश्यक दबाव थप्दा, अरू जस्तै बन्नको लागि आफ्नो गति बढाउँदा, र सबैलाई सुधार्न वा तिनीहरूका अपेक्षाहरू पूरा गर्ने प्रयास गर्दा तपाईंले आफ्नो गीत गुमाउनुहुन्छ । (३) साधारण र पवित्र बिचको भिन्नता बुझ्न असफल । या त येशू तपाईंको जीवनको हरेक क्षेत्रमा प्रभु हुनुहुन्छ, वा उहाँ कुनै पनि क्षेत्रको प्रभु हुनुहुन्न । हामी आफैलाई भन्छौं कि हाम्रो जीवनका केही भागहरू परमेश्वरको चासोको सीमाभित्र पर्छन्, तर अरू भागचाहिँ पर्दैनन् । बाइबलले यसो भन्छ, ‘आफ्नो सारा ह्दयले परमेश्वरमा भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्यााइदिनुहुनेछ’ (हितोपदेश ३:५–६) । यसकारण परमेश्वरभन्दा बाहिर रहेर अरू कुनै पनि तरिकाले जिउनु भनेको चिन्ता फिक्रीको जीवन जिउनु हो ¤

आत्मिक भोजनः ओबदिया मलाकी १–४ मर्कूस ९:३०–३७ भजन १८:१–२९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...