‘परमेश्वरबाट आउने धार्मिकता…सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ ।’ —रोमी १:१७
कथा एउटी आमाको बारेमा भनिएको छ जसले आफ्नो छोरालाई भनिन्, ‘उठ्ने र विद्यालय जाने बेलाभयो ।’ उसले जवाफ दियो, ‘म आज विद्यालय जानेछैनँ ’ उसकी आमाले सोधिन्, ‘किन नजाने ?’ उसले जवाफ दियो, ‘किनभने बच्चाहरूले मलाई घृणा गर्छन्, र शिक्षकहरूले मेरो आलोचना गर्छन् । म किन विद्यालय जानु र त्यो सहनु ?’ उसकी आमाले जवाफ दिइन्, ‘किनकि तिमी प्रधानाध्यापक हौ साँच्चै, ख्रीष्टियन जीवन एक विद्यालय हो । पावलले प्रत्येक कक्षालाई ‘विश्वासदेखि विश्वासतिर’ जाने काम भनी वर्णन गरेका छन् । विश्वासको विद्यालयमा, पवित्र आत्मा शिक्षक हुनुहुन्छ, र बाइबल पाठ्यपुस्तक हो । यदि तपाईंले राम्रोसँग अध्ययन गर्नुभयो र आफ्नो जीवनमा लागू गर्नुभयो भने, तपाईं माथिल्ला कक्षाहरूमा जान सक्नुहुन्छ । यदि होइन भने, तपाईंले पाठहरू सिक्न र परीक्षाहरू पास गर्न नसकेसम्म तपाईं त्यही कक्षामा रहनुहुनेछ । तपाईं ती महिला जस्तै हुनुहुन्छ जसले यस्तो ठट्टा गरिन्, ‘मेरो मनपर्ने कक्षा पाँचौं कक्षा थियो । मेरो जीवनको सबैभन्दा खुशीको तीन वर्ष त्यही कक्षामा बित्यो ’ तपाईं आफ्नो नियति पनि तिनकै जस्तो होस् भन्ने चाहनुहुन्न भने, यी वचन पढ्नुहोस् र तिनलाई ह्दयमा चिन्तन गर्नुहोस्ः ‘शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदारजस्तै आपूmले आपूmलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर’ (२ तिमोथी २:१५) । यदि तपाईं परमेश्वरलाई चिन्न चाहनुहुन्छ भने, तपाईंले उहाँलाई उहाँको वचनका पानाहरूमा भेट्नुहुनेछ । अनि तपाईं पवित्र आत्माले भरिपूर्ण रहनु पनि आवश्यक छः ‘हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदै जान्छौं । परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ’ (२ कोरिन्थी ३:१८) ।विश्वासको जाँचमा सफल भएर मात्रै हामी परमेश्वरको राज्यका योग्य नागरिक बन्न सक्छौं ।
आत्मिक भोजनः अ्ययूब ३२–३५ लूका २:३४–४० भजन ९७ उपदेशक ११:१–३
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



