तयार हुनुहोस्…जानुहोस् ¤

Jun 5, 2024

‘यी सबै मानिसहरूलाई लिएर यर्दन पारि…देशमा जा ।’ —यहोशू १:२

आज तपाईंका लागि वचन यसप्रकार छन् (१) तयार हुनुहोस् । चालीस वर्षसम्म, यहोशूले मोशाको सेवा गरेका थिए र तिनीबाट सल्लाह पाएका थिए । अब तिनी प्रतिज्ञा गरिएको भूमिमा इस्राएललाई अगुवाइ गर्न तयार थिए । यसले निकै महत्वपूर्ण प्रश्न खडा गर्छः के तपाईंले खोज्नुभएको सफलताको लागि तपाईं तयार हुनुहुन्छ ? तयारीको बारेमा दिक्कलाग्दो कुरा यो हो कि कहिलेकहीँ तपाईंले तयारी गरिरहनुभएको घटनाको लागिभन्दा तयारीको लागि बढी समय लाग्छ । के तपाईं आत्मसंयमी हुनुहुन्छ ? के तपाईं आफ्नो पेशा वा बोलावटमा अध्यावधिक हुनुहुन्छ ? के तपाईंसँग आवश्यक ठाउँमा सही सम्बन्धहरू छन् ? के तपाईंको गृहजीवन व्यवस्थित छ ? के तपाईंसँग बलियो चरित्र छ ? यस्तो भनाइ नै छ, ‘तपाईं एक पटक चकित भएको दाबी गर्न सक्नुहुन्छ तर त्यसपछि पनि चकित हुनुभयो भने तपाईं तयार नहुनुभएको हो ¤’ एक जना लेखकले यस्तो लेखेका छन्ः ‘प्रतिभाशाली मानिसहरू कहिलेकहीँ छोटो बाटो लिने परीक्षामा पर्छन् । चरित्रले त्यसलाई रोक्छ । प्रतिभाशाली व्यक्तिहरूले आपूmलाई उच्च महसुस गर्न र विशेष सुविधाहरूको अपेक्षा गर्न सक्छन् । चरित्रले तिनीहरूलाई त्यसो नगर्न सहायता गर्छ । उनीहरूले जे निर्माण गरेको अरूले देख्छन् त्यसको लागि प्रतिभाशाली व्यक्तिहरूको प्रशंसा गरिन्छ । चरित्रले तिनीहरूभित्रको कुरा निर्माण गर्छ । प्रतिभाशाली व्यक्तिहरूमा भिन्नता ल्याउन सक्ने क्षमता हुन्छ । चरित्रले तिनीहरूमा भिन्नता ल्याउँछ । प्रतिभाशाली व्यक्तिहरू प्रायः संसारका लागि वरदान हुन् । चरित्रले त्यो वरदानको रक्षा गर्छ ।’ (२) जानुहोस् ¤ परमेश्वरले यहोशूलाई भन्नुभयो, ‘तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु’ (पद ३) । रोचक संसारमा एलिसको रोमाञ्चक यात्रा नामक पुस्तककी एलिसजस्तो नबन्नुहोस् जसले चेइशार–क्याट नामक पात्रलाई सोधिन्, ‘कृपया मलाई बताऊ त, म यहाँबाट कुन बाटो जानुपर्छ ?’ त्यो पात्रले जवाफ दिँदै भन्यो, ‘तिमी कहाँ पुग्न चाहन्छौ भन्ने कुरामा यो भर पर्छ ।’ एलिसले भनिन्, ‘कता जाने भन्नेबारे मलाई मतलब छैन ।’ ‘त्यसो भए तिमी जुनै बाटो गए पनि फरक पर्दैन,’ त्यसले भन्यो ।सफल बन्नको लागि तपाईं तयार रहनुपर्छ र सही दिशातर्फ जानुपर्छ ।

आत्मिक भोजनः इजकिएल १–४ मर्कूस १४:१–११ भजन १२१ हितोपदेश १४:१३–१६

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...