तिनीहरूले हात राख्नेछन्

Aug 6, 2024

मेरो नाउँमा…तिनीहरूले रोगीहरूमाथि आप्mना हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।’ —मर्कूस १६:१७–१८

यहाँ येशूले हामीलाई दिनुभएको महान् आयोगको प्रायः बेवास्ता गरिएको अंश होः ‘मेरो नाउँमा…तिनीहरूले रोगीहरूमाथि आप्mना हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।’ अनुसन्धानले पत्ता लगाएको छ कि छुवाइमा भाइरससँग लड्ने, तनाव कम गर्ने, निद्रा बढाउने र चोटपटकबाट छिटो निको हुन मदत गर्ने शक्ति हुन्छ । एउटा अध्ययनले पत्ता लगाएको छ कि हप्तामा तीन पटक तीस मिनेट मसाज गर्नाले ३४ प्रतिशतले तनाव कम गर्छ । मानवीय तहमा पनि स्पर्शको शक्ति एउटा अचम्मको कुरा हो । तर जब तपाईंले यसमा परमेश्वरको शक्ति जोड्नुहुन्छ, यसले केही अलौकिक कुराको लागि बाटो खोल्छ । ‘पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए । पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नोहात तिनीमाथि राखी तिनलाई निको पारे’(प्रेरित २८:८) । बिरामीहरू वा सेवाकार्यमा बोलाइएकाहरूमाथि हात राख्नु नयाँ करारको चर्चमा नियमित अभ्यास थियो । अनि यसो गर्नको लागि तपाईं कुनै अभिषिक्त सेवक हुनु पर्दैन । येशूले भन्नुभयो, ‘विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्’ (मर्कूस १६:१७) । यदि तपाईं ख्रीष्टमा आफ्नो भरोसा राख्ने विश्वासी हुनुहुन्छ भने, तपाईं योग्य हुनुहुन्छ । के परमेश्वरले हामीबिना यसो गर्न सक्नुहुन्थ्यो ? अवश्य । तापनि उहाँले हामीलाई उहाँको शक्तिको वाहक हुने विशेषाधिकार दिनुभएको छ । कसैमाथि हातमा हात राख्दा, तपाईंले दुई काम गर्नुहुन्छः तपाईं त्यो व्यक्तिसँग परिचित बन्नुहुन्छ, अनि तपाईंले उसलाई केही कुरा प्रदान गर्नुहुन्छ । कसलाई थाहा छ बिरामीको लागि प्रार्थना गर्ने, बोलाइएको कसैलाई समर्पण गर्ने, वा कसैलाई काँधमा हात राखी प्रोत्साहन दिने जस्ता बाइबलीय ढंगले काम नगरेको कारण हामीले कति आश्चर्यजनक क्षणहरू गुमाएका छौं ?यसकारण यस्ता अवसरहरू आउँदा तिनको सदुपयोग गर्नुहोस् अनि तपाईंले आश्चर्यकर्म भएको देख्नुहुनेछ ।

आत्मिक भोजनः १ इतिहास १–२ लूका ११:१४–२८ भजन ७८:५६–६४ हितोपदेश २०:७–१०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...