ती किल्लाहरू भत्काइदिनुहोस् ¤

Mar 6, 2024

‘हाम्रो युद्धका अस्त्र–शस्त्रमा…किल्लाहरू नाश गर्ने ईश्वरीय सामथ्र्य छ ।’ —२ कोरिन्थी १०:४

बाइबलले किल्लाको कुरा गर्दा, यसले तपाईंको जीवनको त्यस्तो एउटा क्षेत्रलाई संकेत गरेको हुन्छ जुनचाहिँ गलत सोचद्वारा नियन्त्रित छ । अनि त्यो किल्लाले त्यस्तै प्रकारले सोच्ने र त्यसबाट खाने मानिसहरूलाई आकर्षित गर्नेछ । तर त्यहाँ शुभ खबर पनि छ । परमेश्वरले तपाईंलाई तपाईंको जीवनमा भएका किल्लाहरू मात्र प्रकट गर्नुहुनेछैन, उहाँले तपाईंलाई ती अनुभवहरू पनि देखाइदिनुहुनेछ जसले त्यस्ता किल्लाहरू सृजना गरे । हामीमध्ये कतिपय रुपैयाँपैसाको बारेमा लतकै रूपमा चिन्तित छौँ किनभने हामी अभावमा हुर्केका थियौँ । फलस्वरूप, हामीमा परमेश्वरमा भन्दा आफैमा बढी निर्भर हुने झुकाव हुन्छ । जब रुपैयाँपैसाको कुरा आउँदा, हामी यसलाई लुकाउँछौँ, जम्मा गर्छौँ, वा यसलाई रोकिराख्छौँ । अनि यसरी हामी यसलाई रोप्न डराएको कारण, हामीले हाम्रो समस्या समाधान गर्ने फसल नै गुमाउँछौँ । ‘त्यसोभए, म मेरो किल्लासँग कसरी व्यवहार गर्न सक्छु ?’ भनी तपाईंले सोध्नुहोला । यसलाई परमेश्वरको वचनले आक्रमण गर्नुहोस् । तपाईंले आÇनो मनमा जे आउँछ त्यसैलाई स्वीकार गर्नुपर्दैन, तपाईंसँग विकल्प छ ¤ यदि कुनै विचार परमेश्वरको वचनसँग मिल्छ भने, त्यसलाई स्वीकार गर्नुहोस्– यदि यो होइन भने, त्यसलाई अस्वीकार गर्नुहोस् । जब शैतान तपाईंको विरुद्धमा आउँछ, यत्तिकै बसेर यसो नभन्नुहोस्, ‘उसले मलाई एक्लै छोडिदेओस् भन्ने म चाहन्छु । आज मलाई लडन्त गर्न मन लागेको छैन ।’ यदि तपाईंले त्यसो गर्नुभयो भने, उसले तपाईंलाई ‘खानेछ’ ¤ (१ पत्रुस ५:८ हेर्नुहोस् ।) पावलले तपाईंको बाइबललाई ‘आत्माको तरवार जुनचाहिँ परमेश्वरको वचन हो’ भनी वर्णन गरेका छन् (एफिसी ६:१७) । के तपाईंले त्यो कुरा बुभ्mनुभयो ? तपाईंमा बास गर्नुहुने पवित्र आत्माले तपाईंको लागि धर्मशास्त्रको तरवार चलाउनुहुनेछ– यदि तपाईंले आÇनो काम गर्नुभएको छ, अर्थात् आपूmभित्र परमेश्वरको वचन राख्नुभएको छ भने । के तपाईं आÇनो जीवनका किल्लाहरू नाश गर्न चाहनुहुन्छ ? त्यसो हो भने, परमेश्वरको वचनको सत्यताद्वारा आÇनो मनलाई रिप्रोग्राम गर्नुहोस् अर्थात् नयाँ तुल्याउनुहोस् ।

आत्मिक भोजनः प्रकाश ५–९ मत्ती २१:१–१७ भजन ७७ हितोपदेश ६:२९

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

Influenced by the Message of Hope

We received the following testimonies from the team in Nepal about how people are being influenced and encouraged by the daily devotion. Greetings I...

For Preparing and Saving

For Preparing and Saving

We received the following Testimonies from Tomu who leads UCB Fiji... A PASTORS SERMON I've also received word that a local pastor of a Methodist...

Many Uses One Source

Many Uses One Source

We received the following Testimonies from Tomu who leads UCB Fiji... WOMENS PRAYER GROUP The devotional has inspired countless people who use them...

Enriched by The Word for Today

Enriched by The Word for Today

We received the following testimony from the Message of Hope team in Nepal... My name is Sanjiv Shah, and I am a member of Experiences Church...