तोडिने प्रक्रिया (१)

Feb 17, 2024

‘तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो ।’ —भजन ५१:१७

तोडिनु नै त्यो प्रक्रिया हो जसद्वारा परमेश्वरले हामीबाट अहंकार र आफैँमा भर पर्ने स्वभाव हटाइदिनुहुन्छ ताकि हामीद्वारा ख्रीष्टको चरित्रलाई चम्काउन सकियोस् । तोडिनुको अर्थ कुनै दुःखद घटना अनुभव गर्नु भन्ने मात्रैचाहिँ होइन । धेरै मानिसहरू परमेश्वरको नजिक नआइनै दुःख भोग्छन् । तोडिनुमा खास कुरा तपाईंको परिस्थितिभन्दा पनि तपाईंको प्रतिक्रियाचाहिँ हो । परमेश्वरले तपाईंलाई के सिकाउन खोज्दै हुनुहुन्छ ? तोडिने काम तब हुन्छ जब परमेश्वरले तपाईंको आत्मनिर्भरता यतिसम्म हटाइदिनुहुन्छ कि तपाईंसँग आफैँलाई सम्हाल्नको लागि कुनै शक्ति बाँकी रहँदैन । जब उहाँले तपाईंको बाहिर निस्कने हरेक प्रयासलाई छेक्नुहुन्छ अनि उहाँ मात्रै सबै समस्याको समाधान हुनुहुन्छ भन्ने कुरा तपाईंले देख्नुहुन्छ, तपाईंले जीवन परिवर्तन गर्ने कुरा पत्ता लगाउनुहुन्छ । त्यो के हो ? जब तपाईंसँग परमेश्वर मात्रै हुनुहुन्छ, तपाईंलाई चाहिने सबै थोक परमेश्वर नै हुनुहुन्छ ¤ सत्यता यो हो कि परमेश्वरको शक्ति तिनीहरूका लागि मात्रै उपलब्ध छ जसले आफ्नै शक्तिमा काम गर्न वा आफ्नै उद्देश्यको लागि उपलब्धि प्राप्त गर्ने प्रयत्न गर्न छोडेका छन् । ‘तपाईंले चाहनुहुने बलिदान’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । बलिदानको अर्थ वेदीमा केही मर्नु पर्छ । त्यसकारण यदि तपाईं आफ्नो जीवनमा परमेश्वरको अनुग्रह र शक्तिको नयाँ स्तरको अनुभव गर्न चाहनुहुन्छ भने तपाईं स्वार्थ, अहंकार र आत्मनिर्भरताको लेखि मर्न तयार हुनुपर्छ । माटोबाट बिरुवा बढ्नको लागि, बिउ तोडिनुपर्छ । बच्चा चल्लाले जीवन अनुभव गर्नको लागि, अण्डाको खोल तोडिनुपर्छ । दौडमा असल जातको घोडाले जित्नको लागि, त्यसको आप्mनै इच्छालाई तोडिनु र घोडसवारद्वारा प्रयोग गरिनुपर्छ । दमस्कसको बाटोमा ख्रीष्टसँगको जम्काभेट पछि, पावलले यस्तो प्रार्थना गरे, ‘हे प्रभु, तपाईं मैले के गरेको चाहनुहुन्छ ?’ (प्रेरित ९:६) । के आज तपाईं आज यस्तो तोडिने प्रक्रियामा हुनुहुन्छ ? तपाईंका विकल्पहरू यहाँ छन्ः (१) प्रतिरोध गर्नु (२) भाग्नु वा (३) जवाफ दिनु र यसो भन्नु, ‘हुन्छ, प्रभु ।’यसकारण परमेश्वरको निम्ति ग्रहणयोग्य बलिदान बन्न चाहने हो भने हामी तोडिनुपर्छ ।

आत्मिक भोजनः हिब्रू ५–८ मत्ती १३:४७–५८ भजन १४९ हितोपदेश ४:२५–२७

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

A Faithful Work from a Faithful Woman

A Faithful Work from a Faithful Woman

  We received the following testimony from Tomu in Fiji, where he has been visiting people, and they have shared some amazing things... For the...

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

The Church being Missional

The Church being Missional

  The following testimony is from Tomu about Pastor Ravulolo and his help in distributing The Word for Today… Pastor Ravulolo, a UCB volunteer...