तोडिने प्रक्रिया (२)

Feb 18, 2024

‘हे परमेश्वर, तपाईंले टुटेको र पश्चात्ताप गर्ने ह्दयलाई अस्वीकार गर्नुहुनेछैन ।’ —भजन ५१:१७

तोडिने कामले आशिष् ल्याउँछ । एलियाको आत्माको दोब्बर भाग प्राप्त गर्न, किसानको काम गर्ने एलिशाले आफ्नो हलो भाँचेर जलाउनु परेको थियो । येशूप्रतिको आफ्नो प्रेम देखाउन मरियमले आफ्नो महँगो अत्तरको बाकस खोलेर उहाँमाथि खन्याउनुपरेको थियो । मिद्यानका सेनाहरूलाई परास्त गर्न गिदोनका तीन सय सिपाहीहरूले आफ्ना भाँँडाहरू फुटाउनुपरेको थियो, आफ्नो ज्योति चम्कन दिनुपरेको थियो र आफूलाई निशाना बनाउनुपरेको थियो । सत्यता के हो भने, हामीलाई प्रयोग गर्नको लागि परमेश्वरले हामी प्रत्येकलाई विभिन्न क्षेत्रहरूमा तोड्नु पर्छ । कुन क्षेत्रहरूमा ? खराब आदत । जिद्दी चाहनाहरू । फुलेको अहंकार । खराब विचारहरू । अशक्त बनाउने डरहरू । गुप्त पूर्वाग्रहहरू । भ्रामक महत्वाकांक्षाहरू । यस्ता कुराको सूची अनन्त छ । तपाईं पूर्वतिर फर्केको हुनुहुन्छ भने, तपाईं पश्चिमतर्फ जानुहुने छैन, त्यसकारण परमेश्वरले तपाईंलाई पूरै घुमाउनुपर्छ । त्यसको लागि कहिलेकहीँ अनुशासन चाहिन्छ । अनि त्यस्तो अनुशासनको लम्बाइ र त्यसको सीमा निर्धारण गर्ने व्यक्ति तपाईं नै हुनुहुन्छ, परमेश्वर होइन । ‘सबै ताडना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ’ (हिब्रू १२:११) । यदि तपाईं अभिभावक हुनुहुन्छ भने, तपाईंले यो कुरा बुझ्नुहुन्छ । एउटा बच्चा रुँदै बस्छ भने अर्कोले चाहिँ तपाईंप्रति अनाज्ञाकारिता जनाउनेछ । तपाईंको आत्मनिर्भरता तोड्नको लागि परमेश्वरले जे पनि गर्नुहुनेछ ¤ पावलले लेखेका छन्, ‘परमेश्वरले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन् र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलंक रहून्’ (१ थेसलोनिकी ५:२३) । ध्यान दिनुहोस् कि रूपान्तरणको क्रममा तपाईंको शरीर अन्तिममा आउँछ । नयाँ जन्म नभएको शरीरमा बास गर्ने नयाँ जन्म पाएको आत्माको रूपमा, तपाईंले सधैँ ‘शरीरसँग लडन्त गरिरहनुभएको छ ।’ यसमा जितको रहस्य के हो ? यसकारण तोडिएको अवस्था र समर्पण नै आशिष् पाउने माध्यम हो भन्ने कुरा बुभ्mनु जरुरी छ ।

आत्मिक भोजनः प्रस्थान २०:१४ हितोपदेश ६:२३–३५ मत्ती ५:२७–३० १ कोरिन्थी ६:९–२०

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

The Word and Music Impacting people

The Word and Music Impacting people

We received the following testimonies from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Haji...

Having an impact on Simbo Island

UCB Solomon Islands Board Chariman, Coxwain, sent this picure and report from the Island of Simbo. This is a picture of the Out back youths of Simbo...

A blessing in Vanuatu

We received this letter from one of the staff at Au Bon Marche in Port Vila: Dear  Team, Thank you so much for the Books that we had received last...