‘उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो ।’ —मत्ती १४:१९
बाइबलले बताउँछ कि येशूले ‘उहाँले पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए’ (पद १९) । यो कथा कसरी अगि बढ्छ, ध्यान दिनुहोस्ः रोटीहरू लिइयो, आशीर्वाद दिइयो, भाँचियो, त्यसपछि अरूलाई दिइयो । परमेश्वरले पनि त्यसरी नै काम गर्नुहुन्छ ¤ तपाईंमार्फत अरूलाई आशिष् दिनको लागि, उहाँले तपाईंलाई लिनुहुनेछ, तपाईंलाई आशिष् दिनुहुनेछ, तपाईंलाई तोड्नुहुनेछ र अरूलाई दिनुहुनेछ । पावलको घमण्ड तोडिनुपरेको थियो । ‘प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढो मेरो शरीरमा दिइयो । यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें । तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशीसाथ गर्व गर्नेछु । यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु । किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु’ (२ कोरिन्थी १२:७–१०) । त्यसकारण यदि तपाईंको जीवनमा ‘काँढो’ जस्तै कुनै व्यक्ति वा परिस्थिति छ भने, त्यसको सामना गर्दा तपाईंले परमेश्वरको अनुग्रह र शक्ति अनुभव गरेको उहाँ चाहनुहुन्छ । पावल अन्ततः आफ्नो ‘काँढा’ को लागि परमेश्वरलाई धन्यवाद दिन सक्ने स्थानमा पुगे । बाइबलले ‘परमेश्वरको निम्ति प्रशंसाको बलि’ (हिब्रू १३:१५) को बारेमा बताउँछ । जब तपाईं केही पाउनको लागि बलिदान गर्न इच्छुक हुनुहुन्छ, यसको अर्थ तपाईं त्यसलाई मूल्यवान् ठानेर त्यसको लागि मूल्य तिर्न मूल्यवान् हुनुहुन्छ । के तपाईं परमेश्वरको शक्तिमा हिंड्न चाहनुहुन्छ ? उहाँको आशिष् अनुभव गर्न ? त्यसो हो भने तपाईंको ‘काँढो जस्तो परिस्थिति’ को लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् अनि उहाँले आज तपाईंलाई जुन तोडिने प्रक्रियाबाट लैजाँदै हुनुहुन्छ, त्यसलाई अँगाल्नुहोस् ।
आत्मिक भोजनः हिब्रू ९:१–११:१६ मत्ती १४:१–१२ भजन ५ हितोपदेश ५:१–२
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


