‘आफूलाई भन्दा बढी अरूलाई आदर गर ।’ —रोमी १२:१०
के अरूमाथि नियन्त्रण जमाउन नसक्दा तपाईं दुःखित बन्नुहुन्छ ? अथवा मानिसहरूले तपाईंले चाहनुभएको काम नगर्दा रिसाउने र झर्को मान्ने गर्नुहुन्छ ? के तपाईंका गल्तीहरू औँल्याइँदा तपाईं प्रतिक्रिया जनाउनुहुन्छ ? अथवा के तपाईं मानिसहरूलाई तपाईंको माग पूरा गर्न बाध्य बनाउनुहुन्छ ? ध्यान वा सहानुभूति प्राप्त गर्न के तपाईं आफ्नो पीडा, बिमार वा खाँचोलाई बढाइचढाइ गर्नुहुन्छ ? वा अरूको विचार र छनोटको आलोचना गर्नुहुन्छ अनि आफैँलाई ठूलो देखाउनुहुन्छ ? जब कोही तपाईंसँग असहमत बन्छ वा तपाईंको अख्तियारलाई चुनौती दिन्छ, के तपाईं रिसाउनुहुन्छ र दुव्र्यवहार गर्नुहुन्छ ? के तपाईं अरूको प्रशंसा गर्न अनिच्छुक हुनुहुन्छ तर तपाईंले उनीहरूमा गलत छ भनी ठानेको कुरा सच्याउन वा सुधार्न छिटो हुनुहुन्छ ? के तपाईंलाई ‘मलाई तपाईंको सहायता चाहिन्छ’ भन्न कठिन लाग्छ ? के तपाईं आफ्नो प्रियजन र उसको नजिक आउने कसैको बिचमा फाटो गराउने प्रयास गर्नुहुन्छ? के तपाईं अरूसँग अन्तरक्रिया गर्दा ‘कृपया’ र ‘धन्यवाद’ जस्ता साधारण शिष्टतासूचक शब्दहरू प्रयोग गर्नुभन्दा ‘आदेश’ दिनुहुन्छ ? यदि यी प्रश्नहरूमा तपाईंको जवाफ हो आउँछ भने, आजको वचन छः त्यति धेरै नियन्त्रणकारी पनि नबन्नुहोस् ¤ बाइबलले बताउँछ, ‘भातृ–प्रेमसँग एकअर्कालाई प्रेम गर । आफूलाई भन्दा बढी अरूलाई आदर गर’ (पद १०) । यसको अर्थ रोकिनु र तपाईंको व्यवहारले अरूलाई कसरी असर पार्छ भनी विचार गर्नु हो । तपाईंले भन्नुहोला, ‘तर मसँग त बलियो व्यक्तित्व रहेछ ।’ माफ गर्नुहोला, त्यो कुराले तपाईंलाई उम्कन दिँदैन ¤ ‘प्रभुको सेवक…हरेकको लागि दयालु हुनुपर्दछ’ (पद १०) । यसकारण यदि तपाईं नियन्त्रण गर्ने व्यक्ति हुनुहुन्छ भने आफ्नो शैली बदल्न सुरु गर्नुहोस् ¤ अनि यदि तपाईं अरू मानिसको रिस वा इन्कारको डरको कारण अरूबाट नियन्त्रित भइरहनुभएको छ भने, अब एउटा सीमारेखा तान्ने समय भएको छ । एक विश्वासयोग्य मित्र, चर्चका अगुवा वा मनोवैज्ञानिक परामर्शदाताबाट सहायता लिनुहोस्, विशेषगरी यदि तपाईंले आफूलाई जोखिममा परेको महसुस गर्नुहुन्छ भने । आज, दृढ खडा हुन अनि अरूबाट नियन्त्रित हुनबाट इन्कार गर्न तपाईंलाई सहायता गर्नुहुन परमेश्वरसँग मदत माग्नुहोस् ।
आत्मिक भोजनः प्रेरित २०–२१ मर्कूस ५:१–१० भजन १४४:१–८ हितोपदेश ११:१०–११
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



