‘तिमीहरूले आफ्नो देशमा खेतको बाली काट्दा खेतका छेउ–छेउसम्म निखारेर नकाट्नू ।’ —लेवी २३:२२
पुरानो नियमको व्यवस्थाअन्तर्गत, परमेश्वरले यहूदी किसानहरूलाई आज्ञा दिनुभयोः ‘तिमीहरूले आफ्नो देशमा खेतको बाली काट्दा खेतका छेउ–छेउसम्म निखारेर नकाट्नू…ती तिमीहरूले गरीब र परदेशीहरूका निम्ति छोडिदिनू’ (पद २२) । रूथ बोअज नामक एक जना धनी मानिसको खेतको एउटा अपरिचित कुनामा काम गरिरहेकी थिइन् । बोअजचाहिँ हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको एक सुन्दर रूपक हुन् । जब बोअजले रूथलाई देखे, उनले तिनलाई त्यो कुनाबाट फसलको खेतको बिचमा बोलाए । अनि उनले फसल कटनी गर्नेहरूलाई तिनको बाटोमा ठाउँ ठाउँमा गहुँका बालका मुठ्ठी छोड्न निर्देशन दिए ताकि तिनले यसको लागि परिश्रम गर्नु नपरोस् (रूथ २:१६ हेर्नुहोस्) । यहाँ एउटा शिक्षा छ । परमेश्वरको अनुग्रहको एक क्षणले तपाईंको जीवन परिवर्तन गरदिन सक्छ । अनि उहाँले यो काम पहिले नै तयार गरिसक्नुभएको तर तपाईंले अहिलेसम्म नभेट्नुभएको कुनै व्यक्तिको माध्यमद्वारा गर्न सक्नुहुन्छ । रूथलाई यो थाहा थिएन, तर बोअज उनकी सासू नाओमीसँग सम्बन्धित थिए, जो तिनलाई ‘छुटकारा दिने नातेदार’ थिए (रूथ ३:१–९ हेर्नुहोस्), जो तिनको ऋण चुक्ता गरिदिन अनि तिनको हेरचाह गर्न र तिनको आवश्यकता पूरा गर्न योग्य व्यक्ति थिए । येशूले भन्नुभयो, ‘तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ’ (मत्ती ६:४) । ढुक्क हुनुहोस्, परमेश्वरले तपाईंलाई बेवास्ता गर्नुभएको छैन । अरूले तपाईंको विश्वासयोग्यता नदेख्न सक्छन्, तर उहाँले देख्नुहुन्छ, र उहाँले तपाईंलाई यसको लागि इनाम दिनुहुनेछ । ‘परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न । तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ’ (हिब्रू ५:१०) । निकट भविष्यमै परमेश्वरले तपाईंलाई यसो भन्नुहुनेछ, ‘त्यो कुनाबाट बाहिर निस्किआऊ ¤’यसकारण सबै ढोका बन्दभए जस्तो देखिँदा, नयाँ ढोका खोलिदिनुहुनका लागि तपाईंले परमेश्वरमा भरोसा राख्न सक्नुहुन्छ ।
आत्मिक भोजनः व्यवस्था १–२ मर्कूस ६:१–६ भजन ३५ हितोपदेश ११:१९–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



