दया

Dec 29, 2024

‘तर भिडहरूलाई देखेर उहाँको ह्दय तिनीहरूका निम्ति दयाले भरियो ।’ —मत्ती ९:३६

जब तपाईं आत्म–केन्द्रित रस्वार्थमा सीमित हुनुहुन्छ, आवश्यकतामा परेका मानिसहरूलाई बेवास्ता गर्न र कुनै चासो नदेखाउनु सजिलै हुन्छ । तर जब तपाईं आफ्नो जीवन ख्रीष्टमा समर्पित गर्नुहुन्छ र उहाँको पाइलामा पछ्याउने निर्णय गर्नुहुन्छ, त्यो परिवर्तन हुन्छ । ‘तर भिडहरूलाई देखेर उहाँको ह्दय तिनीहरूका निम्ति दयाले भरियो । किनभने तिनीहरू गोठालाविनाका भेडाहरूजस्तै हैरान र असहाय भएका थिए । तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्”’ (पद ३६–३८) । ‘हैरान’ मानिसहरूले येशूको ह्दयलाई छोए । जीवनको तनावले तिनीहरूलाई थकाएको थियो र तिनीहरूले बोकेका बोझहरू गह्रौ थिए । असहाय मानिसहरू देख्दा पनि उहाँको ह्दय व्याकुल बन्यो । कुनै दिशा, कुनै ध्यान, जीवनको लागि कुनै उद्देश्य नभएका मानिसहरू । त्यहाँ त्यस्ता कति जना थिए ? ‘भिडहरू ।’ ख्रीष्टको प्रतिक्रिया के थियो ? आवश्यकता धेरै भएको हुनाले, उहाँले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न भन्नुभयो कि परमेश्वरले ‘आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन् ।’ ‘फसलका खेतालाहरू’ भन्ने शब्दमा ध्यान दिनुहोस् । तपाईंले फसलमा जम्मा गर्नको लागि सीमित मात्रै समय पाउनुहुन्छ, अन्यथा तपाईंले त्यो फसल गुमाउनुहुन्छ । येशूले बताउनुभएको मुख्य कुरा, वा यसमा भएको जरुरीपनलाई नबिर्सनुहोस् । तपाईंलाई आफ्नो वरपरका थकित र अलपत्र मानिसहरूप्रति दया देखाउन र तिनीहरूलाई येशूकहाँ ल्याउन हरेक अवसर पक्रन बोलाइएको छ । हिँड्न नसक्ने मानिस मन्दिरको ढोकामा बसेर भिख माग्न थाल्यो । दिनदिनै मानिसहरूको भिड तिनीहरूलाई ध्यानै नदिई हिँडेर जान्थ्यो, तर पत्रुस र यूहन्नाले त्यसरी बेवास्ता गरेनन् (प्रेरित ३:१–१०) हेर्नुहोस्) । जब तपाईं पहिले धेरै पटक बेवास्ता गरेर छोडेको कुनै आवश्यकताद्वारा अचानक उत्प्रेरित बन्नुहुन्छ, त्यसको अर्थ हुन्छ परमेश्वरले तपाईंलाई यसमा संलग्न हुन र यसको बारेमा केही गर्न भनिरहनुभएको छ ।आज आफ्नो वरपर खाँचोमा परेका मानिसहरूप्रति दया देखाउनुहोस् र उनीहरूको निम्ति केही गर्नुहोस् ।

आत्मिक भोजनः मत्ती ६:५–१५ दानिएल ६:१०–२३ याकूब ५:१३–१८ १ थेसलोनिकी ५:१६–१८

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...