धर्मशास्त्रले ‘के भन्छ’ जान्नुहोस्

Jun 22, 2024

‘येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू ।”’ —मत्ती ४:७

शैतानले तपाईंलाई पासोमा पार्न अर्ध–सत्यता प्रयोग गर्नेछ । उसले येशूलाई ‘तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्दिरको शिरमा खडा गरायो र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ, “उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ”… येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू”’ (पद ५–७) । शैतानले तपाईंलाई भन्नेछ, ‘तिम्रो पति÷पत्नीले तिमीलाई बुझ्दैनन् वा तिम्रा आवश्यकताहरू पूरा गर्दैनन्, तिमी एक्लो छौ, अगि बढ र सम्बन्ध कायम गर । परमेश्वरले तिम्रो परिस्थिति बुभ्mनुहुनेछ र क्षमा दिनुहुनेछ ।’ परमेश्वरले तपाईंलाई क्षमा गर्न सनुहोला, तर बाइबलले यसो पनि भन्छ, ‘मानिसले जे छर्छ, त्यसले कटनी पनि त्यही गर्नेछ’ (गलाती ६:७) । जब यसरी शैतान तपाईंलाई बोलाउँदै आउँछ, परमेश्वरको वचनले वास्तवमै के भन्छ भन्ने कुरा तपाईंलाई राम्ररी थाहा हुनुपर्छ– मनपर्दा र चुनिएका पदहरू मात्रै होइनन् । पावलले लेखेका छन्, ‘सम्पूर्ण पवित्र–शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई…र धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ’ (२ तिमोथी ३:१६) । हामी हाम्रो जीवनशैलीसँग मिल्ने र हाम्रा चाहनाहरूलाई सहज बनाउने धर्मशास्त्रहरू छनोट गर्न चाहन्छौँ । तर जब शत्रुले परमेश्वरको वचनलाई हेरफेर गर्छ र तपाईंको विरुद्धमा प्रयोग गर्छ, तपाईं यसो भन्न सक्षम हुनुपर्छ, ‘धर्मशास्त्रले यसो पनि भन्छ ।’ अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले के भन्नु भएको छ भन्ने कुरा तपाईंले जान्नुपर्छ । बाइबलले बताउँछ कि शैतानले ‘सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठह¥याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ’ (दानिएल ७:२५ ) । उसलाई थाहा छ कि परमेश्वरको वचन ‘दुईधारे तरवार’ हो (हिब्रू ४:१२), तापनि उसले तपाईंलाई तरवार युद्धमा संलग्न गराउने प्रयास गर्नेछ ¤ भूmट र अर्ध–सत्यतासाथ उसले तपाईंलाई छल गर्न नपाओस् ¤ यसकारण परमेश्वरको वचनमा प्रवेश गर्नुहोस्, आपूmभित्र परमेश्वरको वचनमा प्रवेश गराउनुहोस्, र शैतानलाई भन्नुहोस्, ‘मेरो सामुन्नेबाट हटिजा’ (मत्ती १६:२३) ।

आत्मिक भोजनः २ कोरिन्थी १–४ लूका १:६७–८० भजन १३९:१३–२४ हितोपदेश १५:३१–३३

The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024

You can read more Testimonies here…

God at Work

This is Martin Huyeng from St Mary’s. This year Martin will be doing Grade 12 at St Andrew’s Technical High School. During the school holidays and...

Listeners Being Impacted by Jesus

Listeners Being Impacted by Jesus

We received the following testimony from Rio in Timor Leste, where he has been visiting people, and they have shared some amazing things... Luis...

Health Care and Spiritual Health

Health Care and Spiritual Health

It is always encouraging to hear how new people to The Word for Today are being impacted by it. We received the following testimonies from Coxwain...

Front and Centre

Front and Centre

We received the following testimony from Coxwain in the Solomon Islands when he recently visited his medical clinic at Point Cruz in Honiara and saw...