‘परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड ।’ —भजन ३७:३४
जब हामीले चाहेजस्तो चाँडै काम कुरा हुँदैनन्, हामी चिन्तित, निराश, झिँझो मान्ने र नकारात्मक बन्न सक्छौँ । अनि यदि तपाईं ‘काम पूरा गर्ने’ व्यक्ति हुनुहुन्छ भने, तपाईं परमेश्वरभन्दा पहिले काम गर्न हतार गर्न सक्नुहुन्छ र समस्यामा पर्न सक्नुहुन्छ । ‘यदि परमप्रभुलाई मानिसको मार्ग मन प¥यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ’ (भजन ३७:२३) । यसको बारेमा विचार गर्नुहोस्ः यदि तपाईं प्रभुलाई पछ्याउँदै हुनुहुन्छ भने, तपाईं अगुवाइ गर्नुहुने प्रभुभन्दा अगाडि जान सक्नुहुन्न । यसकारण, अर्को कदम चाल्नुहोस् र उहाँले तपाईंको निम्ति सबै कुरा मिलाइदिनुहुनेछ भनी उहाँमा भरोसा राख्नुहोस् । तपाईंलाई थाहा नभएको कुरा परमेश्वरले जान्नुहुन्छ । उत्तम अवस्थामा, तपाईंले सीमित ज्ञानसाथ काम गरिरहनुभएको हुन्छ । के तपाईं विश्वास गर्नुहुन्छ कि तपाईंका मार्गहरू परमप्रभुबाट निर्देशित भइरहेका छन्? के तपाईं विश्वास गर्नुहुन्छ कि उहाँले तपाईंको वास्ता राख्नुहुन्छ अनि उहाँले तपाईंको निम्ति उत्तम योजना राख्नुभएको छ? यदि तपाईं यो विश्वास गर्नुहुन्छ भने, धर्मशास्त्रको यस खण्डमा खडा हुनुहोस्ः ‘परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड । प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ’ (भजन ३७:३४) । उहाँले के गर्दै हुनुहुन्छ, परमेश्वरले जान्नुहुन्छ । उहाँ आफ्नो समयतालिका अनुसार काम गर्नुहुन्छ, हाम्रो अनुसार होइन । परमेश्वरले कहिले ‘तपाईंलाई आशिष् दिनुहुन्छ ?’ उत्तरः ‘निर्धारित समयमा’ अधीरता दुई वटा कुराको संकेत होः (१) अपरिपक्वता । तपाईंले तिनीहरूलाई नउठाएसम्म बच्चाहरू रुन्छन्, र बालबालिकाले कुनै पनि कुराको लागि पर्खन मन गर्दैनन् । तर बुद्धिमान् आमाबाबुलाई थाहा छ कि प्रायः बच्चा आफूले मागेका कुराहरू सम्हाल्न तयार छैन । (२) शंका र अविश्वास । ‘परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ’ (हिब्रू १०:३६) । ।यसकारण, परमेश्वरले आफ्नो समयमा काम गरिरहनुभएको छ भन्ने सत्यताको प्रकाशमा हामीले धैर्य गर्नु आवश्यक छ ।
आत्मिक भोजनः गलाती ५:२२ लूका १०:२५–३७ एफिसी ४:३१–३२ उत्पत्ति ५०:१५–२१
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024



