‘तिमीहरू पनि नयाँ जीवन जिउन सक्छौ ।’ —रोमी ६:४
तपाईंको विगतलाई तपाईंको भविष्य लुट्न नदिनुहोस् । यो वर्ष परमेश्वरले तपाईंलाई नयाँ सुरुआत दिन चाहनुहुन्छ । यसबारे खुलस्त बनौँः, हामी सबैसँग त्यस्ता सम्बन्धहरू छन् जुन निको हुन सक्दैनन् अनि त्यस्ता समस्याहरू छन् जुन हामीलाई मनपर्ने रूपमा कहिल्यै समाधान हुँदैनन् । तर परमेश्वरको कृपाले हामी क्षमा गर्न, बिर्सन र अघि बढ्न सक्छौँ । पुराना सम्बन्धहरूका बारेमा पछुतो गर्दै, दागहरू कोट्याउँदै अनि पीडादायी सम्झनाहरूलाई पुनर्जीवित पार्दै तपाईंले रातमा जाग्राम बस्नु पर्दैन । यदि तपाईंले तिनीहरूका लागि ढोका खोलिदिनुभयो भने तपाईंको विगतका भूतहरूले तपाईंको टाउकोमा बास गर्ने छन् । तपाईं भन्नुहोला, ‘तर म अझै धेरै क्षेत्रमा संघर्षरत छु ।’ हामी सबै संघर्षरत छौँ । महान् प्रेरित पावलले पनि स्वीकार गरेका छन् कि उनी पनि सिद्ध थिएनन् । आफू संघर्षरत रहेका कुराहरूमा अरूलाई दोषी ठह¥याउनेहरूभन्दा भिन्न, पावल स्वीकार गर्छन्ः ‘मलाई व्यवस्था थाहा छ…तर म त्यो पालन गर्न सक्दिनँ … पापले मेरो उत्तम चाहना नष्ट पारिदिन्छ…मलाई सहायताको खाँचो छ…म असल गर्न चाहन्छु तर म त्यसो गर्न सक्दिनँ…म जो इच्छा गर्दिनँ, त्यही गर्छु’ (रोमी ७:१७–२०) । हामी ख्रीष्टियन भइसकेपछि अब कुनै संघर्ष गर्नुपर्नेछैन भन्ठान्ने हामी सबैको तर्फबाट, ‘धन्यवाद, पावल’ तर पावल त्यहाँ रोकिँदैनन् । उनी धर्मशास्त्रका यि दुई वटा महत्वपूर्ण खण्डहरू थप्छन्ः १) ‘जसरी…ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ’ (रोमी ६:४) । २) ‘यसै गरी तिमीहरूले पनि आफू–आफूलाई पापको लेखि मरेका तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ’ (पद ११) । तपाईंले सोध्नुहोला, ‘त्यसो भए मैले मेरा पुराना समस्याहरूलाई कसरी सम्हाल्ने ?’ त्यस्ता समस्या छन् भन्ने कुरा स्वीकार गर्नुहोस्, तिनीहरूलाई त्यागिदिनुहोस् र तिनीहरूलाई बिर्सनुहोस् ¤ तपाईंले जित्न नसक्नुहुने युद्ध लड्नुको सट्टा, ख्रीष्टको पुनरुत्थानको शक्तिलाई तपाईंको जीवनमा छाउन अनि तपाईं र तपाईंको विगतको पीडा बिचको सम्बन्ध तोड्न अनुमति दिनुहोस् ।यसरी यो नयाँ वर्ष तपाईंले विश्वाससाथ नयाँ सुरुवात गर्न सक्न्ुहुुन्छ ।
आत्मिक भोजनः रोमी १३:१२–१४:१९ मत्ती १:१–१७ यशैया ४३:१८–१९
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


