जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो ।’ -मत्ती १३ :२६
येशूले भन्नुभयोः “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बिउ छर्यो । तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बिच-बिचमा सामाहरू छरेर गयो । जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो । घरका मालिकका कमाराहरूले आएर उसलाई भने, हजूर, के तपाईंले आफ्नो खेतमा असल बिउ छर्नुभएको होइन ? त्यहाँ सामा कहाँबाट आयो ?’ घरको मालिकले तिनीहरूलाई भन्यो, कुनै शत्रुले यसो गरेको हो ।’ कमाराहरूले उसलाई भने, के हामी गएर ती बटुलौं ?’ तर उसले भन्यो, त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ । फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ । फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’”’ (पद २४-३०) । गहुँ (धर्मी) बाट सामा (अधर्मी) लाई हटाउने काम हाम्रो होइन । हामीले गहुँ खेतीमा ध्यान केन्द्रित गर्नुपर्छ, अनि सामा हटाउने काम परमेश्वरलाई दिनुपर्छ । किन ? किनकि दुबै बिरुवाको जरा (जीवन) यति घनिष्ठ भएर गाँसिएका हुनेछन् कि यी दुईलाई छुट्याउन सक्नुहुन्थ्यो भने पनि तपाईंले गहुँलाई सामासहित उखेल्नुहुनेथियो । रोपिएको र पछि गएर फसल लाग्ने गहुँलाई पनि तपाईंले उखेल्नुहुनेछ । साथै, बाला नलागिसकेका कतिपय गहुँका विरुवालाई तपाईंले सामा भन्ठान्नुहुनेछ । तपाईंको काम असल फल फलाउनु हो, र परमेश्वरको काम सामाबाट गहुँलाई अलग गर्नु हो । त्यसकारण तपाईंको लागि आजको वचन छ- न्याय गर्ने काम परमेश्वरलाई छोडिदिनुहोस् ।
आत्मिक भोजनः यहोशू २२-२४ लूका २० :२७-४० भजन २७ हितोपदेश २३ :१६-१८
The Word for Today is authored by Bob and Debby Gass and published under licence from UCB International Copyright © 2024


